2026-08-31 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुखको कन्त बिजोगसँगै चितवन-३ मा बनमन्त्री बिक्रम पाण्डे पनि पराजयको नजिक !

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि सभाको प्रत्यक्ष सिटमा नेपाली कांग्रेसको कन्तबिजोग अवस्था छ, त्यस्तै अवस्था प्रचण्डको क्षेत्रमा बनमन्त्री बिक्रम पाण्डेको पनि हुने भएको छ | प्रचण्डले झन्डै १० हजार मतान्तरले अग्रता बढाउँदा बनमन्त्री समेत रहेका पाण्डे लगभग धरापमा पुगिसकेका छन् । अब गन्न बाँकी २२ हजार ७३३ मतमा पाण्डेले मतान्तरको ९ हजार ८८६ मत आफ्नो पोल्टामा पार्न असम्भवप्राय छ | त्यसो त अग्रताको अवस्था यसैगरि बढे प्रचण्डले करिव १५ हजारभन्दा बढी मतले जित्ने स्थिति देखिएको छ ।

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ७१ हजार ९० मत गणना भएको छ । प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्डले ३७ हजार ९२६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले २८ हजार ९० मत प्राप्त गरेका छन् ।

प्रारम्भमा नेपाली कांग्रेस र राप्रपाको बलियो पकड भएको क्षेत्रको मत गणना गरीएकाले प्रचण्डका प्रतिस्पर्धी पाण्डेसँग कडा प्रतिस्पर्धा देखिएको थियो । तर अब भने गणना गर्न बाँकी रहेका क्षेत्र एमाले र माओवादी केन्द्रको जनमत बलियो भएको क्षेत्र मानिन्छ । यसै अनुसार प्रचण्डले मतान्तरमा आफ्नो स्थिति बलियो बनाउँदै पनि लागेका छन् । पछिल्लो समय पाण्डेको भन्दा दोब्बर  जस्तै प्रचण्डको मत बढेको छ ।

यहाँ तेश्रो प्रतिष्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माले) का डम्बर श्रेष्‍ठले १२०५ मत पाएका छन् भने चौथो स्थानमा विवेकशील साझा पार्टीका शरद राज पाठकलाई २७५ मत प्राप्त भएको छ, त्यस्तै पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार हरी प्रसाद दाहाललाई २८०मत प्राप्त भएको छ ।  

उम्मेदवार बारे जानौं:- 

१. पुष्प कमल दाहाल ‘प्रचण्ड’ 

पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । उनि मुक्तिराम दाहाल र भवानी दाहालका छोरा हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्डको शैक्षिक योग्यता  कृषि तथा पशु विज्ञानमा स्नातक रहेको छ । उनको राजनीतिक जीवन ४२ वर्षको हो । राजनीतिमा आउनु अघि उनले झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरेका थिए । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बने । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बनेका उनि २०४२ मा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बने । त्यस यता जनयुद्ध हुँदै जनआन्दोलन हुँदै दुई पटकसम्म प्रधानमन्त्री बनेका छन् । २०४६ देखि नै उनले माओवादीको नेतृत्व सम्हाल्दै आएका हुन् ।

२. विक्रम पाण्डे 

पिता चन्द्रराज र माता जीवकुमारी पाण्डेको छोरा हुन बिक्रम पाण्डे । उनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत हुन् । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म भएका छन् । पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचनमा सहभागी भएका पाण्डे दुवै पटक पराजित भएका थिए तर २०७० सालको निर्वाचनमा चितवनबाट १० हजार ७ सय ७५ मत ल्याएर विजयी भएका थिए । त्यस यता पाण्डे प्रचण्ड नेतृत्वकै पालामा २०७३ सालमा भूमीसुधारमन्त्री बनेका थिए भने अहिले वनमन्त्री समेत हुन् । पाण्डेलाई निर्माण व्यवसायी र सञ्चार उद्यमीको नामले पनि चिनिन्छ । चितवनको भरतपुरस्थित कालिका एफएम उनकै संचालनमा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै