२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब गनिने तीन हजार मतमा बिक्रम पाण्डेको भविष्य ! प्रचण्डको खातामा ४३ हजारभन्दा बढी मत

२५ मंसिर २०७४, सोमबार ०५:१४

मङ्सिर २५, काठमाडौँ | माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को ताजा मत परिणाम प्राप्त भएको छ, पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १० हजार भन्दा बढीको मतान्तरको अग्रता लिएका छन् । 

अहिलेको अवस्था हेर्दा बिक्रम पाण्डेको जितको सम्भावना छैन, किनकी १० हजार भन्दा बढीको मतान्तरमा १२ हजार मत गणना बाँकी हुनु बिक्रमको पक्षमा होइन । मतगणना १२ हजार बाँकी भएपनि अब बढीमा तीन हजार मत गणना हुँदानै बिक्रमको पराजय भईसक्नेछ । यदी मतान्तर घटाउन सक्ने हो भने पनि बिक्रमको पराजयको समय अलि लामो समय जाला तर १० हजार भन्दा बढी मत ल्याई प्रचण्डलाई जित्न सक्ने अवस्था छैन । 

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ८१ हजार ७६४ मत गणना भएको छ । प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्डले ४३ हजार १८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले ३२ हजार ९११ मत प्राप्त गरेका छन् ।

उम्मेदवार बारे जानौं:- 

१. पुष्प कमल दाहाल 'प्रचण्ड' 

पुष्पकमल दाहाल 'प्रचण्ड'को जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । उनि मुक्तिराम दाहाल र भवानी दाहालका छोरा हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत रहेका प्रचण्डको शैक्षिक योग्यता  कृषि तथा पशु विज्ञानमा स्नातक रहेको छ । उनको राजनीतिक जीवन ४२ वर्षको हो । राजनीतिमा आउनु अघि उनले झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए । २०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति सुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरेका थिए । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालिन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए । २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा अनेयुसंघको अध्यक्ष बने । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्यूरो सदस्य बनेका उनि २०४२ मा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे । मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला २०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बने । त्यस यता जनयुद्ध हुँदै जनआन्दोलन हुँदै दुई पटकसम्म प्रधानमन्त्री बनेका छन् । २०४६ देखि नै उनले माओवादीको नेतृत्व सम्हाल्दै आएका हुन् ।

२. विक्रम पाण्डे 

पिता चन्द्रराज र माता जीवकुमारी पाण्डेको छोरा हुन बिक्रम पाण्डे । उनि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष समेत हुन् । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म भएका छन् । पाण्डेले सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । २०५६ र ०६४ सालमा चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचनमा सहभागी भएका पाण्डे दुवै पटक पराजित भएका थिए तर २०७० सालको निर्वाचनमा चितवनबाट १० हजार ७ सय ७५ मत ल्याएर विजयी भएका थिए । त्यस यता पाण्डे प्रचण्ड नेतृत्वकै पालामा २०७३ सालमा भूमीसुधारमन्त्री बनेका थिए भने अहिले वनमन्त्री समेत हुन् । पाण्डेलाई निर्माण व्यवसायी र सञ्चार उद्यमीको नामले पनि चिनिन्छ । चितवनको भरतपुरस्थित कालिका एफएम उनकै संचालनमा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य