2026-07-04 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

2017-12-11

मङ्सिर २५, बनेपा । काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो । 

सोहि क्षेत्रअन्र्तगत प्रदेशसभा सदस्य (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी चन्द्रबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामा २४ हजार ४७७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभयो । 

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले काँग्रेसका मधुप्रसाद आर्चायलाई १७ हजार ८४८ मतान्तरले पराजित गर्नुभयो । बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर विजयी हुँदा आचार्यले ३६ हजार ५७९ मत प्राप्त गर्नुभयो । 

सोहि क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य (क) मा वाम गठवन्धनबाट एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका सुन्दरमणि आर्चायले १६ हजार ५८९ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले २८ हजार ६७७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका कञ्चनचन्द्र वादेले २१ हजार ७८० मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो