२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङमा छ राजनीतिक दललाई शून्य मत

२०७४, २९ मंसिर शुक्रबार ०७:२९

मङ्सिर २९, लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् । 

मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन् । 

यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ दुवैमा मत पाएको छैन । प्रदेशसभा ‘क’ तर्फ भने शून्य मत पाउने दल नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दल रहेकामा एक मत पाउने सात दल, दुई मत पाउने छ दल र सोबाहेक १० भन्दा कम पाउने नौ दल रहेका छन् । यस्तै प्रदेशसभा ‘क’ तर्फ १० भन्दा कम मत पाउने छ दल रहेका छन् भने प्रदेशसभा ‘ख’ तर्फ शून्यबाहेक १० भन्दा कम मत पाउने चार दल रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २० दल रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह