2026-08-31 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा वाम र लोकतान्त्रिक गठबन्धन बाहेक सबैको जमानत जफत

मङ्सिर २९, चितवन । प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । 

प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा प्रदेशसभाका लागि ५३ जनाको उम्मेदवारी परेकामा ३७ उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । 

चितवनमा विजयी भएका र निकटतम प्रतिद्वन्द्वी रहेका कूल १८ जना बाहेक एक हजारभन्दा बढी मत ल्याउने उम्मेदवारको संख्या चार रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभामा १३ उम्मेदवार रहेकामा सात उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । उनीहरुमध्ये तीनजना स्वतन्त्र हुन । 

क्षेत्र नं १ प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा १०÷१० जना उम्मेदवार थिए । प्रदेश ‘क’ मा पाँचजना र प्रदेश ‘ख’ मा तीनजना उम्मेदवारले १०० भन्दा कम मत ल्याएका छन् । 

क्षेत्र नं २ मा १५ जना उम्मेदवार रहेकामा आठजनाले १०० भन्दा कम मत ल्याएका छन् । एक सयभन्दा कम मत ल्याउनेमा तीन जना स्वतन्त्र छन् । क्षेत्र नं २ प्रदेश ‘क’ मा नौ र प्रदेश ‘ख’ मा १० जना उम्मेदवार रहेकामा ‘क’ मा तीन र ‘ख’ मा तीन जनाले एक सयभन्दा कम मत ल्याएका छन् । 

क्षेत्र नं ३ मा प्रतिनिधिसभामा १४ उम्मेदवार रहेकामाा चार स्वतन्त्रसहित पाँचजना उम्मेदवारको मत एक सयभन्दा कम आएको छ । दुई जनाले १०० मत कटाएका छन् । स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालको ३५५ र प्रवेश अधिकारीको १४० मत आएको छ । 

क्षेत्र नं ३ प्रदेश ‘क’ मा १ र प्रदेश ‘ख’ मा सात सातजना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेश ‘क’ मा दुईजना तथा प्रदेश ‘ख’ मा एकजनाले एक सयभन्दा कम मत ल्याएका छन् । 

कूल २२ जना उम्मेदवारको मात्रै एक हजार मत कटेको छ । जसमा विजयी र निकटतम प्रतिद्वन्द्वी उम्मेदवार बाहेकका चारजना रहेको निर्वाचन कार्यालयले जनाएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बाहिरका विवेकशील साझा र मालेका उम्मेदवारले मात्र एक हजारभन्दा बढी मत ल्याएका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो