2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौलाको पथरी फुटाएर गरिने उपचार विधि शुरु

मङ्सिर २९, ललितपुर । ललितपुरको सैंबु भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा मिर्गाैलाको पथरी फुटालेर गरिने उपचार विधि इएसडब्लुएल (एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी) शुरु भएको छ । 

‘एक्सट्रा कर्पोरल सक वेभ लिथोट्रेप्सी’ घाउ नबनाई मिर्गाैलाको पथरी फुटाएर गरिने उपचार विधि हो । 

नेपाल मेडिसिटी अस्पतालले ल्याएको विश्व बजारको सबैभन्दा पछिल्लो र अत्याधुनिक डोनियर कम्पनीको सिग्मा कम्प्याक्ट मेसिन हाल नेपालमा प्रयोगमा रहेका अन्य इएसडब्लुएल मसिनको तुलनामा पथरी फुटाउने क्षमता बढिरहेको छ । 

अत्याधुनिक यस मिसिनको प्रयोगबाट मिर्गाैलाको पथरी फुटाउँदा अन्य मेसिनभन्दा बिरामीलाई दुखाई कम हुने, मिर्गाैलामा पनि कम चोट लाग्ने र विकीरणले पु¥याउने हानीसमेत कम हुने नेपाल मेडिसिटी अस्पतालका युरोलोजी विभागका प्रमुख डा महेशबहादुर अधिकारीले जानकारी दिनुभएको छ । 

मेडिसिटीले ल्याएको विश्वस्तरीय इएसडब्लुएल मेसिनको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘यस मेसिनमा अल्ट्रासाउन्ड र फ्लोरोस्कोपी जस्ता प्रविधि जडित भए पनि हाल बजारमा उपलब्ध रहेका अन्य सेवा प्रदायककै शुल्कको हाराहारीमा मेडिसिटीले यो उपचार सेवा प्रदान गरिरहेको ।’’ 

नेपाल मेडिसिटी गैह्रआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको लगानीमा विदेशी नागरिकलाई समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उद्देश्यसहित सञ्चालित अन्तर्राष्ट्रियस्तरको अस्पताल हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ