२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा पर्यटकीय पूर्वाधारका लागि महायज्ञ

२०७४, २९ मंसिर शुक्रबार ०८:३०

मङ्सिर २९, पोखरा । कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । 

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जिसीले महायज्ञबाट रु पाँच करोड आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । 

सराङकोटमा निर्माणाधिन विशाल शिव मन्दिर र उक्त मन्दिरमा विश्वकै विशाल घण्ट स्थापना, १०८ शिवलिङ, १०८ सहस्रधारा, ऐतिहासिक संग्रहालय निर्माणका साथै भ्यूटावर, बाल उद्यान आदि निर्माणका लागि रु २९ करोडको योजना प्रस्ताव गरिएको उहाँले बताउनुभयो । 

पर्यटकीय पूर्वाधार योजनाअन्तर्गत पूर्वाधार निर्माण गर्न पोखरा–लेखनाथ महानगरपालिकामा रु १३ करोडको योजना पेश भई साझेदारी काम शुरुवातमा छ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्रका स्थलको पर्यटकीय पूर्वाधार विकास गरी सम्भावनालाई उजागर गर्ने विषय महानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । 

कार्यक्रममा महायज्ञ प्रचारप्रसार समिति संयोजक कृष्ण थापा, अन्नपूर्ण केबुलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलगायतले सराङकोटको पर्यटकीय महत्व र सम्भावनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे