2026-08-15 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कर्णाली’ नामै राख्न पनि कन्जुस्याइँ

रमेश रावल । कर्णाली ‘ट्रेडमार्क’ का रुपमा विकसित हुँदै गएको छ । पहिले कर्णालीको नाम सुन्नसम्म पनि नचाहनेहरुले अहिले कर्णालीका विषयलाई यति गहन बनाइदिएका छन् कि कर्णाली उनीहरुको भाग्य र भविष्य दुबै हो ।

हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ इत्यादि शब्दले कर्णालीलाई हेप्ने गरिन्थ्यो । आज कर्णाली विकासको बाटोमा अगाडि बढेको छ । कर्णालीका वस्तुले देश–विदेशमा बजार पाउन थालेका छन् । तिनै कर्णालीका ‘हटारु, ‘जुम्ली’ हरुले उत्पादन गरेका वस्तु निकै महँगा छन् । सिमी, फापर, कोदो, स्याउ, आलुको सबैभन्दा अर्ग्यानिक स्वादिलो स्वाद पाएका छन् । यिनै स्वाद चाख्न पाएकाहरु अहिले जताततै ‘कर्णाली ट्रेडमार्क’ निर्माण गरेर बेचिरहेका छन् ।

विश्वमा सबैभन्दा महँगो मूल्यमा बिक्री हुने जडीबुटी यार्सागुम्बालगायतको भण्डार कर्णालीमा नै छ । पर्यटन, जलविद्युत, चीन र भारतलाई जोड्ने कर्णाली करिडोर बन्दै गरेको छ । त्यसैले हिजोका दिनमा ‘हटारु’, ‘जुम्ली’ भन्नेहरुले नै अहिले जताततै कर्णालीलाई ‘ट्रेडमार्क’ का रुपमा विकास गरिरहेका हुन् ।

संघीय संरचना बनाउँदा कर्णालीको माग सम्बोधन नगरेको भन्दै त्यहाँ चर्को आन्दोलन भयो । यो आन्दोलनमा सहिद हुनेहरुलाई बिर्सन सकिँदैन । कर्णालीकै छुट्टै संघीय प्रदेश चाहिने भन्दै आन्दोलनमा देशभरका सबैको एउटै स्वर थियो– ‘कर्णाली विकट र पिछडिएको क्षेत्र हो, यसलाई छुट्टै संघीय प्रदेश दिनुपर्छ ।’

सबैको दवाबले कर्णाली अञ्चलका ५ जिल्ला र भेरी अञ्चलका ३ जिल्ला जोडेर प्रदेश नम्बर ६ बनाइयो । प्रदेश नं. ६ बनाइएपछि खुशियाली छायो । त्यसपछि यसको राजधानी कता बनाउने भन्ने विषयमा कुरा उठ्यो । नाम र राजधानीको विषयमा पहिले माओवादीले आफ्नो प्रदेशस्तरीय कार्यकर्ता भेला गर्दै प्रदेशको नाम कर्णाली राख्ने र सुर्खेतमा राजधानी राख्ने निर्णय गर्यो ।

त्यसपछि भर्खरै नेकपा एमालेले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत हुने औपचारिक निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले मात्र औपचारिक निर्णय गर्न बाँकी छ । पहिलो त संघीयतामा ६ नम्बर प्रदेश बनाउँदा कर्णालीका ५ जिल्ला, सेती अञ्चलको बाजुरा र भेरी अञ्चलको जाजरकोट तथा दैलेख जिल्ला समेटेर बनाइनुपर्थ्यो । यो भूगोल मिलाएर संघीय प्रदेश बनाएको भए यहाँको भाषा, संस्कृति, रीतिरिवाज, चालचलन, भौभलिक विकटता, मानव विकासको सूचकाङ्क, यहाँको अभाव, गरिबी र विकास सबै कुरा मिल्थ्यो ।

यहाँका धेरै कुरा मिल्न सक्थे । यो नै उपयुक्त हुन्थ्यो । तर, सर्खुेतलाई पनि कर्णाली प्रदेशमा जोडियो । सुर्खेतलाई कर्णाली प्रदेशमा जोडिएपछि यस प्रदेशका पहाडी जिल्लामा काम गर्ने अपवाद बाहेक सबै शिक्षक, कर्मचारी, राजनीतिक दलका नेताहरु, पत्रकार, गाउँका धनीमानीहरुले सुगमताका आधारमा सुर्खेतमा घर–घडेरी खरिद गरेका छन् । उनीहरुका लागि सुगमता छ र कर्णालीमा कमाएको रुपैयाँ सुर्खेतमा राखिएको छ । यसै आधारमा कर्णालीको राजधानी सुर्खेत हुुनुपर्छ भनिरहेका छन् ।

हाम्रो एउटा प्रश्न छ– संघीयता भनेको सबै क्षेत्र, लिङ्ग, जाति, क्षेत्रमा समान अधिकार र पहुँच पुर्याउनका लागि होइन ? अनि कसरी सुर्खेत कर्णालीको राजधानी हुन सक्छ ? तर, अहिले एउटा बहस नै नगरी आफ्नो फाइदाका लागि कर्णालीलाई उपेक्षा गर्न खोजिँदैछ । नाम सबै कर्णालीको, कर्णाली अझै उही पुरानै शैलीमा फर्काउने र बन्ने स्थिति यहाँ देखिन्छ । अहिले प्रादेशिक राजधानी रुपमा जुन भनिएको छ ।

सेवा सुबिधाका हिसाबले सुर्खेतमा सबै कुरा छ । उच्च शिक्षा पढ्नका नजिकै बिश्वबिद्यालय, स्वास्थ्य उपचार सुबिधा सम्पन्न सरकारी अस्पताल लगाएतका छन् । बिगत शासन ब्यवस्थामा सबैकुरा एकै ठाउँ केन्द्रीत भए त्यसलाई बिभाजन गर्न संघियता चाहिएको हो । संघियतामा बाजुराका रुगिन, बिच्छाया गाउँ, जाजरकोटका जुर्क र निपाने, मुगु हयाङ्ल्लु गाउँका मानिसलाई स्वास्थ्य शिक्षा पहुँच पुग्छ कि पुग्दैन ? बहस यहाँबाट गरिनु पर्दछ ।

यसरी बहस गरिएमा साच्चै पछाडी परेको कर्णालीको विकास, स्वास्थ्य, शिक्षा र अन्य अधिकार पुग्ने देखिन्छ । नत्र भने, संघियता फेरी पनि टाठाबाठाका कै लागि हो र संघियताका नाममा अरुलाई भ्रम नपारियोस् । त्यसैले ‘हटारु’ ‘जुम्ली’ शब्दलाई बद्लेर कर्णालीले केही पाउँदैन् ।

सरकारले कर्णाली विकास अबधारणा नै गलत तरिका अपनाएको छ ।

सरकारीले कर्णाली विकास लागि भनेर छुटाएको बजेट, स्वास्थ्य सेवा र शिक्षा लगाएतका विकासे योजना दिर्घकालिन विकास अबधारणा कर्णाली मैत्री छैनन् । कर्णालीमा जडिबुटी प्रसोधन केन्द्र अन्तै खोल्ने तयारी गरिएको छ । कर्णालीका नाममा खोलिएको बिश्वबिद्यालय अन्तै छ । कर्णाली नाममा स्वास्थ्य संस्था खोलिएका छन् ती सबै अन्त छन् । अनि कर्णालीमा लागि सरकारले गरेको काम के हो त ?

कर्णालीमा अहिले केहीले राम्रो संम्भवना देखेका छन् । पर्यटनको राम्रो संम्भावना रहेको छ । साना लगानीमा ठुला ठुला जलबिद्युत आयोजना सम्पन्न गर्न सकिनेछ । जडिबुटी खेतीको राम्रो संम्भवना रहेको छ । गेडागुडी खेती, पशुपालनको राम्रो संम्भवना रहेको छ । यी कर्णालीका राम्रा संम्भावना देखेर नै अहिले जताततै कर्णालीको ट्रेडमार्क बिक्रि गरिरहेका छन् ।

सबैलाई चेतना भया कर्णालीको ट्रेडमार्क बेचेर कर्णालीको विकास अवश्य हुदैँन् । कर्णालीको विकासका लागि कर्णालीमा नै लगानी मैत्री बातावरण सिर्जना गरौं । कर्णालीमा विकास मुल फुटाऔं अनि मात्र कर्णालीको विकास हुन सक्छ । त्यसैले सबैले कर्णालीको नाम लिएर वा एउटा ट्रेडमार्कको विकास गरेर कर्णालीलाई हिजोआजको झन कंगाल नबनाऔं ।

त्यसैले सरकार, राजनीतिक दलहरु, दातृनिकाय, एनजीओ–आएनजीओलगायत सबैले कर्णालीको ट्रेडमार्क बेचेर संघीय प्रदेशको नाम ‘कर्णाली’ राख्ने विषयलाई अझै पछाडि पार्ने खेल नगरौं । कर्णालीलाई हिजो ‘हटारु र जुम्ली’ भनेर अपमानित गरिएको कुरालाई सच्याएर साँच्चै कर्णालीका रुपमा विकास गर्न सबै कर्णाली केन्द्रित भएर लागौं । 

(रावल कालिकोटका एक क्रियाशिल पत्रकार हुन्)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त