प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

2026-09-14 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साहित्यमा लैङ्गिक पहिचान : बेकारको बहस

प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

 

हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा आयोजित ‘पूर्णीमा साहित्य रत्न सम्मान २०७४’ तथा एकल कविता वाचन कार्यक्रममा सहभागी विशिष्ट साहित्यिक व्यक्तित्वहरुबाट यस्तो धारणा व्यक्त गरिएको हो । 

प्रत्येक वर्ष प्रदान गरिँदै आइएको पूर्णीमा साहित्य रत्न अन्तर्गत सम्मान पत्र र नगद ११ हजारबाट यस वर्ष कथाकार महेश विक्रम शाहलाई सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै सम्मानित व्यक्तित्व कथाकार महेशविक्रम शाहले साहित्यमा महिला र पुरुष गरेर सम्बोधन गर्नुभन्दा पनि साहित्यकारकै रुपमा परिचय दिनुमा नै उत्कृष्टता हुने बताउनुभयो । महिला साहित्यकार र पुरुष साहित्यकार भनेर बहस गरिनु बेकारको प्रसङ्ग रहेको कुरा वहाँले बताउनुभयो । पूर्णीमा साहित्य रत्नबाट सम्मानित हुन पाएकोमा हार्दिक धन्यवाद दिनुहुँदै आफूले जीवनमा विभिन्न भूमिका निर्वाह गर्नुपरेको कुरा स्मरण गर्दैै मातापिताको सपना अनुसार आफूले आफ्नो चाहना अनुसार विज्ञान विषयको अध्ययन गरेको तर आँफूमा पलाएको साहित्यिक चाहनालाई निरन्तरता दिँदै यहाँसम्म आएको कुरा बताउनुभयो । सबै साहित्यकारहरु सर्जकहरु नै भएकोले आफ्ना सिर्जनाहरुका माध्यमबाट नै आफ्नो पहिचान बनाउने कुरामा आफूले विश्वास गरेको र विशेष गरी प्रहरी सेवामा रहँदा पनि समय व्यवस्थापन गरी साहित्यमा साधना गरिरहेको स्मरण गर्दैै द्वन्द्वकालमा रोल्पामा छँदा त्यहाँको यथार्थ परिवेशले नै ‘छापामारको छोरो’ जन्मिएको स्मरण गर्नुभयो । वहाँले पूर्णीमा साहित्य रत्नबाट सम्मानित हुन पाएकोमा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कवि मोमिला जोशीले करिव १ घण्टा अविराम दर्जन बढी आफ्ना उत्कृष्ट रचनाहरु सुनाइरहँदा हलमा उपस्थित साहित्यिक मनहरुमा उर्जा भरिहरको देखिन्थ्यो । विभिन्न विम्बहरुका साथमा वहाँले कविताहरु वाचन गरिरहँदा आयोजना स्थल कहिले भावुक बन्थ्यो भने कहिले उल्लासमय लहरमा छचल्किएको देखिन्थ्यो । 

कवि तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले यस क्षेत्रका विशिष्टा स्रष्टाहरुले काठमाडौं र विदेशसँग जोडेर टेक्ने दरिलो आधार प्रदान गरेको स्मरण गर्नुहुँदै मध्य तथा सुदुरपश्चिमका स्रष्टाहरुलाई सम्मान गर्नुभयो । ‘महेश विक्रम शाहको कथा स्नातक तहको पाठ्यक्रममा समावेश गरिनुले हामीले वहाँ र वहाँका सिर्जनाका स्तरहरुलाई अत्यन्तै राम्रोसँग नियालिरहेका छौँ, यो हाम्रो गर्वको कुरा हो, वहाँले बताउनुभयो ।’  शाह प्रहरीको जागीरे भएपनि निकै भावुक र नेपाली जनजीवनलाई शुक्ष्म ढंगले नियाल्ने व्यक्तित्व हुनुभएको, मोमिला जोशी र वहाँलाई आज एउटै मञ्चमा पाउनु हामी सबैको लागि महत्वपूर्ण र विशिष्ठ क्षण भएको भएको बताउनुभयो । यो क्षेत्रमा पछिल्लो समयमा साहित्य र सिर्जनाका क्षेत्रमा निकै उर्जाशील भएर काम गरिरहेकोमा हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानलाई तिमिल्सिनाले हार्दिक धन्यवाद दिनुभयो । 


कथाकार एवम् सम्मानित स्रष्टा महेशविक्रम शाहका बारेमा साहित्यकार तथा पूर्णीमा साहित्यिक प्रतिष्ठानका सल्लाहकार केशब सिग्देलले परिचयात्मक धारणा राख्नुभएको थियो ।

वरिष्ठ कथाकार तथा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले पछिल्लो पिंढीका सिर्जनाहरु पढ्दा र देख्दा आफूलाई पनि इष्र्या जागेकाले धार परिवर्तन गरुँ कि झै लाग्छ भन्नुहुँदै उपस्थित दर्शकहरुलाई निकै जोस्याउनुभएको थियो । 

हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष महानन्द ढकालको सभाध्यक्षतामा सम्पन्न यो कार्यक्रममा उपाध्यक्ष परदिप भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पुस्कर रिजाल ‘पुष्प’ ले गर्नुभएको थियो । कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ्ग, सुर्खेतका १ सय बढी साहित्यकारहरुको सहभागीता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ