थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैद"/>
२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

२०७४, २ पुष आईतवार ११:४९

पुस २, काठमाडौँ (रासस) | एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । 

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । 

जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएपछि नेपाल च्याम्पियन बन्न सफल भयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार गरेको थियो । 

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ६३ रनको योगदान दिए । रित गौतमको अनुपस्थितिमा कप्तानी सम्हालेका विशालले ७९ बल खेल्दै एक छक्का र चार चौकाको मद्दतमा ६३ रन जोडे । 

त्यसैगरी नारायण जोशीले अविजित ४६ रनको योगदान दिए भने सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५, प्रतिश जिसी १० तथा राजन मगरले ३ रन जोडे । शुरुआती ब्याट्सम्यान कुशल मल्ल एक रन पनि जोड्न नसकी बाहिरिए । 

यता सिंगापुरका इसान सानवेले २ विकेट लिए । सिंगापुरको ब्याटिङतर्फ भने साइहर्ष भेनुगोपालले सर्वाधिक ३१ तथा अर्नव वाद्वाले २१ रन जोडे । सिंगापुरलाई कमैमा समेट्ने क्रममा नेपालका सूर्य तामाङ र अजयकुमार लुनियाले ३÷३ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो