Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १२ देखि हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३, लमजुङ । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ ।

तीन लाख नगद पुरस्कार रहेको प्रतियोगिता पुस १२ गतेदेखि शुरु हुने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख, उपविजेतालाई रु एक लाख ५० हजार पुरस्कार दिइने बताइएको छ ।

यस्तै सेमीफाइनल उपविजेता दुई समूहलाई नगद रु ५०÷५० हजार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले बताउनुभयो ।

यसैगरी अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद रु १५÷१५ हजार, अनुशासित टिमलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो ।

विगत २६ वर्षदेखि त्रिवेणी युवा क्लबले त्रिवेणी प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उपाधि कुखुराको भालेबाट शुरु गरेको क्लबले गत वर्षबाट रजतजयन्ती मनाएसँगै यो क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार राशि बनाएको हो । रासस