२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा होङ्सी शिवम् सिमेन्टले गाउँमै रोजगारी दिएपछि स्थानीय दङ्ग

२०७४, ३ पुष सोमबार ०८:२६

पुस ३, नवलपरासी । ठ्याक्कै एक वर्ष पहिले रामकुमार सारु विदेश जाने तयारीमा हुनुहुन्थ्यो । राहदानी बोकेर खाडीको यात्रा तय गर्न लागेको बेला गाउँमै सिमेन्ट कारखाना खुल्ने हल्ला चल्यो । 

“काम पाइएला भन्ने आश त थिएन तर साथीले बुझाँै नत भन्ने प्रस्ताव राख्नुभयो । नेपाली र चिनियाँ समूहको संयुक्त लगानीमा सिमेन्ट कारखाना स्थापना हुने कुरा सत्य रहेछ । आज हामी यही कारखाना निर्माणमा संलग्न छौँ,” सारुले भन्नुभयो । 

घरमै बसेर मासिक रु २० हजार कमाइ भइरहेको उहाँले बताउनुभयो । “गाउँमै रोजगारी पाएपछि किन जानु प¥यो विदेश । विदेश गए पनि बचत हुने त यत्ति नै हो,” उहाँले भन्नुभयो । 

सारु मात्रै होइन नवलपरासी सर्दीका कृष्णकुमार महतो पनि सोही स्थानमा कार्यरत हुनुहुन्छ । “घरको हेरचाह पनि हुने, कमाइ पनि राम्रै हुने भएपछि मैले पनि विदेश जाने मोह छाडिदिएँ”, उहाँले भन्नुभयो, “हामी कम पढेलेखेकालाई विदेश गए पनि यस्तै ज्यामी काम गर्ने हो, त्यो त यही पाइएकै छ ।” 

नेपालको शारदा समूह र चीनको होङ्सी समूहले नवलपरासीको सर्दीमा स्थापना गर्न लागेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा हाल करिब एक हजार १०० नेपाली कामदार कार्यरत छन् । बाँकी ५०० चिनियाँ नागरिक कार्यरत छन् । गत वर्षको पुसबाट शुरु भएको निर्माण कार्य हाल ९० प्रतिशत सम्पन्न भइसकेको छ । 

आगामी फागुनको पहिलो सातादेखि सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको छ । शारदा समूहको ३० प्रतिशत र होङ्सी समूहको ७० प्रतिशत लगानी रहेको उक्त कारखाना निर्माणमा कार्यरत कामदारले स्वदेशमा नै रोजगारी मात्रै पाएका छैनन्, सीप पनि सिकेको होङ्सी शिवम् सिमेन्टका नायब महाप्रबन्धक मनोज गोयलले बताउनुभयो । 


यस्तै कारखानामा दक्ष कामदार उत्पादनका लागि कम्पनीले ३० जना नेपालीलाई चीनमा तालीमका लागि समेत पठाएको छ । नेपाली र चिनियाँ कामदारको पारिश्रमिक भने फरक छ । कारखानामा थप २७० नेपाली कामदार अन्य निर्माणको काममा संलग्न छन् । 

कारखानाका लागि आवश्यक पर्ने चुनढुंगा ल्याउने पाल्पाको भुकेटबाट विस्थापित भएका २६ घरपरिवारका लागिसमेत कारखाना नजिकै सामूहिक आवास निर्माणको काम भइरहेको छ । कम्पनीले स्थानीय निर्माण व्यवसायी परिचालन गरेर सामूहिक आवास निर्माण गरिरहेको छ । प्रत्येक घरका लागि रु २५ लाखसम्म खर्च हुने नायब महाप्रबन्धक गोयल बताउनुहुन्छ । 

कारखाना सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दाबढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीका महाप्रबन्धक लाई वि पेङ बताउनुहुन्छ । 

नेपालको कुनै कम्पनीले काम गरेको भए १५ प्रतिशतको हाराहारीमा मात्रै निर्माण सम्पन्न हुने भए पनि चिनियाँ र नेपाली कामदारले एक वर्ष नपुग्दै कारखानाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न गरेका छन् । नेपालमा प्रत्यक्षरुपमा नै वैदेशिक लगानीमा निर्माण भइरहेको कारखानाले हाल दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ । पूर्ण क्षमतामा कारखाना सञ्चालनमा आएपछि दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको गोयलले बताउनुभयो । 

नेपालमा हाल सञ्चालनमा रहेका सिमेन्ट कारखानाले उत्पादन गरेको सिमेन्ट जलविद्युत्, ठूला पुल तथा भौतिक पूर्वाधारमा प्रयोग गर्न समस्या भइरहेको सन्दर्भमा सो कारखानाले सिमेन्ट उत्पादन शुरु गरेपछि विदेशी सिमेन्टमा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

कारखाना स्थापनाका लागि कम्पनीले ७६ हेक्टर जमिन खरिद गरेको छ । तर नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण नगरिदिँदा कारखानाले आफ्नै डिजेल प्लान्ट राख्नुपर्ने बाध्यता आइलागेको नायब महाप्रबन्धक गोयलको गुनासो छ । 

सो कारखाना स्थापनाका लागि रु ३६ अर्ब लगानी हुनेछ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । 

“कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि हामीलाई ८० मेगावाट विद्युत् आवश्यक हुन्छ, तत्काल ५० मेगावाट जरुरत छ, तर प्रसारण लाइनको अभावमा आफँै विद्युत् उत्पादन गर्नुपर्ने भएको छ”, गोयलले भन्नुभयो । लगानी बोर्डको सहजीकरणमा नेपालमा भित्रिएको वैदेशिक लगानी कार्यान्वयनमा गएको र निर्माण सम्पन्न हुन लागेको परियोजना हो ।  रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने