Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मार्नुअघि श्रीमतीलाई सिन्दुर लगाइदिएर परिवारै सखाप ! सुसाइड नोट लेखेर आत्महत्या

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

संसारमा दैनिकजसो अचम्म लाग्दा घटनाहरु भईरहन्छन्, यस्तै घटना आज पनि भएको छ ।

भारतको भिलाई स्थित संग्रामचोकमा सोमवार बिहान घरमा एकै परिवारका चार व्यक्तिको सब फेला परेको छ । घटना अनुसार उक्त परिवारको आफ्नै कारण मृत्यु भएको हो ।

घटनाको सनसनीपूर्ण खुलासा अनुसार श्रीमानले पहिले श्रीमतीको सिउँदोमा सिन्दुर लगाईदिए फेरी दुई बच्चा सहित श्रीमतीको समेत हत्या गरे । त्यसपछी आफै झुन्डिएर आत्महत्या गरे । प्रहरीले घटनास्थलबाट तीन पेजको सुसाइड नोट पनि फेला पारेको छ । जसमा श्रीमानले साथ जिउने-मर्ने कुरा उल्लेख गरेका छन् । घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार मृतकको नाम अशोक चक्रवर्ती हो । घटनास्थलबाट सुसाइड नोट फेला परेको छ । जसमा ३५ वर्षीय युवकले साथै बाच्ने र मर्ने उल्लेख गरेका छन् । उनीहरुले करिव ८ बर्ष अघि प्रेम विवाह गरेका थिए ।

घटनाको जानकारी पाएपछी घटना भएको घरको बाहिर मानिसहरुको भीड लागेको थियो । प्रहरी घटनास्थल पुग्दा एकातिर आमाको साथैमा दुई बच्चाहरुको लास थियो भने आत्महत्या गर्ने युवकको लास हुण्डीएको अवस्थामा भेटिएको थियो । श्रीमती र उनको साथमा बच्चाहरु ५ बर्षकी रागिनी र २ बर्षका छोरा सागरको शव ओछ्यानमा भेटिएको थियो । घटना पछी प्रहरीले घटनाको थप छानविन थालेको छ ।

सुसाइड नोटमा के लेखिएको थियो ?

अशोकले आफ्नो श्रीमती र बच्चाको हत्या गरेपछी नाइलनको डोरी मार्फत झुन्डिएका थिए । डायरीको तीन पेजमा उनले सुसाइड नोट पनि लेखे । सुसाइड नोटमा अशोकले श्रीमतिसँग सँगै जिउने र मर्ने बिषय उल्लेख गरेका छन् ।

पहिलो नोट: 'घरको कागजात दराजमा छ, पर्समा केहि पैसा छ, रानीको पैसा ठूलो पर्समा छ, बाबा मलाई माफ गरिदिनु, मैले तपाइको साथ दिन सकिन |'

दोश्रो नोट: 'जिउनु साथ थियो, मर्नु साथ थियो, हामीले मिलेर यो फैसला लिएका हौँ | यसमा कसैको दोष छैन, यसमा कसैलाई दु:ख नदिईयोस् |'

तेश्रो नोट: 'बाबा, कसैलाई नभन्नुकि म तपाइको प्रिय थिएँ'

घटना रहश्यमय

मृतकले सुतेको समयमा श्रीमती र बच्चाहरुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या हुनु अघि सुतेकी श्रीमतीलाई अशोकले सिन्दुर हालिदिएको प्रहरीले जनाएको छ, त्यसपछी उनले घाटी थिचेर हत्या गरेको अनुमान लगाइएको छ । श्रीमतीको हत्या गर्दैगर्दा बच्चाहरु सुतिरहेको र क्रमश: बच्चाहरुलाई पनि त्यसैगरि घाटी दबाएर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । छिमेकीहरुले घटनाको बिषयमा कुनै संकेत नपाएको र राति अवेरसम्म त्यस घरमा कुनै आवाज नआएको बताएका छन् ।