2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी A8 र A8+ (मूल्य कति ?)

पुस ५, काठमाडौँ | आइफोनसँगको प्रतिष्पर्धी मानिएको सामसुङले ए सिरिजका दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

सामसुङले ग्यालेक्सी A8 (2018) तथा A8 प्लस (2018)  सार्वजनिक गरेको हो । कम्पनीले युरोपेली बजारमा यी दुई फोन लञ्च समेत गरेको छ । यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्ता फिचर्स रहेका छन् । ब्लाक, आर्किड ग्रे, गोल्ड तथा ब्लू गरी चार रङमा उपलब्ध यी फोनको मूल्य चाहिँ मोडेल अनुसार फरक छ ।

A8 को मूल्य ४ सय ९९ युरो तोकिएको छ भने A8+ को मूल्य ५ सय ९९ युरो रहेको छ ।

आगामी महिना जनवरीदेखि युरोपेली बजारमा यी दुई फोनको बिक्री सुरु हुनेछ ।

ग्यालेक्सी A8 मा ५.६ इन्धको फूल भ्यू एमोलेड डिस्प्ले रहेको छ । जसको रिजोलुसन १०८० गुणा २२२० पिक्सेल रहेको छ । त्यस्तै ग्यालेक्सी A8+ मा चाहिँ ६ इन्चको फुल भ्यू एचडी डिस्प्ले राखिएको छ ।

दुबै स्मार्टफोन एन्ड्रोइड ७.१ नुगटमा चल्दछन् र अक्टाकोर Exynos 7885 प्रोसेसरले युक्त छन्।

दुबैमा डुअल फ्रन्ट क्यामरा छ र १६ मेगापिक्सेलको प्राइमरी फ्रन्ट क्यामरा का साथै ८ मेगापिक्सेलको दोश्रो फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै ब्याक क्यामरा पनि १६ मेगापिक्सेलकै रहेको छ ।

ग्यालेक्सी ए एटमा ४ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ भने एट प्लसमा ६ जिबीको र्याम तथा ६४ जिबीको इन्टरनल मेमोरी रहेको छ । मेमोरी कार्डको मद्दतले मेमोरीलाई २५६ जिबीसम्म बढाउन सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई