2026-08-26 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको बाक्सिलामा आगलागी, तस्बिरमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार

चिसाङ शेर्पा/पुस ६, खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ । 

बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । 

राती २ बजे आगलागीको विषयमा थाहा भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षती हुनबाट जोगाइएको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताउनुभयो । 

आगलागीका कारण खुल्न सकेको छैन । गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो सुरु भएको पाइएकाले घट्नालाई स्थानीयले शंकास्पद मानेको छ । 

फोटोमा हेर्नुहोस पहिलेको र अहिलेको बुद्धबजार


पहिले 


अहिले 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’