2026-07-25 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी

पुस ६, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । 

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ । 

बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज रासससँग कुरा गर्दै उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो । 

नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको त्यही बीचमा पर्ने एकमहिने टिचिङ प्राक्टिस जस्ता कारणले विद्यार्थीको पढाइमा धेरै बोझ थपिने भए पनि बोर्डले यसतर्फ ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन् । तर नियन्त्रक बतासले भने कक्षा ११ को नतिजामा ढिलाइ हुँदा विद्यार्थीलाई कुनै असर नपर्ने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई असर पर्न सक्ला भनेर आंशिकको नतिजा सार्वजनिक गरिसकेका छौँ, नियमित परीक्षाको नतिजा ढिलाइ हुँदा विद्यार्थीलाई खासै असर पर्दैन, हामी विद्यार्थीलाई असर पर्ने काम गर्दैनौँ ।” बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षक, सम्परीक्षण गर्ने प्राध्यापक चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उहाँको भनाइ छ । परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए । 

यसअघि गत मंसिर १८ गते बोर्डले कक्षा ११ आंशिकको नतिजा सार्वजनिक गरेको थियो । आंशिक परीक्षामा एक लाख एक हजार ३७५ विद्यार्थी सहभागी भएकामा ३६ हजार ७४ जना अर्थात् ३५.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ