2026-08-26 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पालिका केन्द्र राख्ने स्थानको बिषयमा बिवाद, तीन वडाले दिए सामुहिक राजिनामा

चिसाङ शेर्पा/पुस ८, खोटाङ । दिप्रुङ गाउँपालिकाको कार्यालय राख्ने स्थानका बिषयमा बिवाद हुंदा तीन वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । 

सेवाग्राहीलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र हुनपर्ने अडानका साथमा दिप्रुङ गाउँपालिका १ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री, वडा नं.२ डाडाँगाउका वडाध्यक्ष भिम बहादुर खत्री र टेम्मा ७ का वडाध्यक्ष धन बहादुर मगरसहित १४ जना जनप्रतिनिधिले शुक्रबार साँझ पाँच बजे पालिका प्रमुख भुपेन्द्र राई समक्ष सामुहिक राजिनामा दिएका छन् ।  

राज्य पुनसंरचना आयोगले अस्थाई रुपमा २०७३ साल फागुनबाट सप्तेश्वर छितापोखरी ५ तृतिया भञ्ज्याङमा तोकिएको पालिकाको केन्द्र विबादितरुपमा सञ्चालन भईरहेको थियो । 

अपायक, जंगलमा भएको र पालिकाका स्थानियलाई पायक पर्ने केन्द्रको कार्यालय डाडाँगाउँ वा सप्तेश्वर छितापोखरी ५ नाराङगामा पालिकाको केन्द्र हुनपर्ने मागसहित उनीहरुले राजिनामा दिएका हुन् । पालिकाको ४ वटा वडा दिपु्रङडाडाँको रोशाभञ्ज्याङमा तथा ३ वटा वडा डाडाँगाउँ वा सप्तेश्वर छितापोखरी ५ नाराङगामा केन्द्र हुनुपर्ने माग राखेर असहमतिमा छन् ।

स्थानिय सरकार शासन सञ्चालन सम्बन्धि ऐन २०७४ अनुसार पालिकाको केन्द्र र नाम ६ महिनामा टुङगो लगाईसक्नु पर्ने प्रावधान भएकाले पालिकाले विहीबारदेखी पालिका केन्द्रको विषयमा सभा सञ्चालन गरेको थियो । 

दुईदिनको सभा केन्द्रको टुङगोमा नपुगी चरम बिवादित भएपछी पुस १० गते २ बजेसम्मका लागि सभा स्थगित गरिएको पालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । 

कानुन अनुसार पुस अन्तिममा केन्द्रको टुङगो लगाईसक्नुपर्ने छ । उनले भने, ‘शनिबारदेखी पुस १० गतेसम्म राजनीतिक दल, असन्तुष्ट पक्षलाई समेट्न ब्यापक प्रयास गरिनेछ । सहमतीमा नआए विधि र प्रक्रियामा केन्द्रको टुङगो लगाईनेछ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’