2026-09-14 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिनभर तनावग्रस्त कालीकोट

पुस ८, कालीकोट । प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि शनिबार दिनभर कालीकोटमा स्थानीय र म्यादी प्रहरीले प्रदर्शन गरेपछि दिनभर कालीकोट तनावग्रस्त बन्यो । 

शनिबार बिहानैदेखि कालीकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखे । विवाद समाधान गर्न भनि आएका मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक सुरेशकुमार प्रधान दिनभर पीडित परिवार र जिल्लास्थित राजनीतिक दलसंग छलफलमा व्यस्त रहे । विवाद समाधानको सट्टा अपरान्ह ४ बजे स्थानीय प्रशासनले सदरमुकाममा कफ्र्यू आदेश जारी ग¥यो ।

बजारमा कफ्र्यू आदेश जारी गरेर क्षेत्रीय प्रशासक प्रधानको टोलीले सवै पक्षसंग छलफल गरि राख्यो । पीडितहरुले दोषिलाई कार्वाहीको प्रतिबद्धता नभएसम्म आन्दोलन नरोक्ने बताए पछि मन्त्रालयको निर्णय पर्खेर शनिबारको छलफल सकिएको छ । 

दिनभर जिल्ला प्रशासन कार्यालयको गेटमा शान्तिपूर्ण आन्दोलन गरेका आन्दोलनकारीलाई ४ बजेपछि जारी भएको कफ्र्यू आदेशले जिल्ला प्रशासन कार्यालयको गेटमा भएको भिड त हट्यो तर त्यो भीडसंग बजारमा पटक पटक झडप भयो ।

जिल्लाको सुरक्षा जिम्मा लिएको प्रहरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको सुरक्षाको सिमित भयो भने बजारमा कफ्र्यू आदेश जारी गर्दै आएका प्रहरीलाई आन्दोलनकारीले फिर्ता पठाइ दिए । 

बजारमा ढुङ्गामुढा भए पछि प्रहरी फर्कियो । पीडित पक्षबाट प्स्तु गरिएका ४ बुँदे माग पूरा गर्न सकिने आश्वासन क्षेत्रीय प्रशासक प्रधानले पटक पटक दोहो¥याए पछि पीडितले विश्वास नमाने पछि शनिबार फर्किने गरी आएको प्रधानको टोली शनिबार मान्ममै बस्नु परेको छ ।

मृतक म्यादी प्रहरीलाई सहिद घोषणा गनु पर्ने, घटनाका संलग्नलाई कार्वाही गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतीपुर्ती र राहतको व्यवस्थाहुनु पर्ने लगायतका मागहरु पूरा गर्न क्षेत्रीय प्रशासक प्रधानले आफुले रिपोर्ट पठाउने आश्वासन दिए पनि दोषिलाई कार्वाही गर्न क्याविनेटको निर्णय आवश्यक हुने बताए छानविन समिति गठन नहुँदासम्म आन्दोलन नरोकिने आन्दोलनकारीले अडान लिएका छन् । मन्त्रालयको निर्णय पर्खिएर शनिबारको छलफल टुङ्गिएको बताइएको छ ।

म्यादी प्रहरी र स्थानीयवासीले शनिवार बिहानैदेखि सदरमुकाम मान्ममा प्रदर्शन गरिरहेका छन्। घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध भएको छ। 

स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । 

माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन् ।

म्यादी प्रहरीको आन्दोलनमा स्थानीय बासिन्दालेसमेत साथ दिएका छन् । सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको स्थानीय प्रशासनले जनाएको छ। 

आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन्। स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रहरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका छन् । 

जसका कारण दलहरूसँग स्थानीय प्रशासनको वार्चम सफल हुन सकेको छैन। अवस्था सामान्य बनाउन पहल जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् ।

मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ।

यस्तै नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले शनिबार वित्रप्ती जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्नको पहिचान गरी कार्वाही तथा पीडितलाई राहत र क्षतीपूतीको व्यवस्था गर्न माग गरेका छन् ।

सदरमुकाममा अनिश्चितकालिन कफ्र्यू

प्रहरीको गोली लागेर एकजना म्यादी प्रहरीको ज्यान गएपछि तनावग्रस्त बनेको कालिकोट सदरमुकाममा स्थानीय प्रशासनले शनिबार साँझदेखि अनिश्चितकालिक कर्फ्यू लगाएको छ ।

प्रहरीले हानेको गोली लागेर कालिकोट सदरमुकाम शुक्रबार दिउँसो एकजना म्यादी प्रहरीको ज्यान गएपछि शनिबार साँझबाट कालिकोट सदरमुकाम मान्ममा अनिश्चितकालिन कर्फ्यू लगाइएको हो ।

म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोधमा शनिबार दिनभर प्रदर्शन गरेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । त्यहीकारण प्रशासनले कर्फ्यू लगाएको हो ।प्रदर्शन उग्र बन्दै गएपछि शनिबार पनि प्रहरील अँश्रुग्यास हानेको थियो । 

प्रदर्शनकारीले बजारभरी टायर जलाएर प्रदर्शन गरेका थिए । म्यादीको मृत्युपछि आक्रोशित प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयका कुर्सी, टेबल र ढोका भत्काएका छन् । मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।  

मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ।

यस्तै नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले शनिबार वित्रप्ती जारी गरी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा संलग्नको पहिचान गरी कार्वाही तथा पीडितलाई राहत र क्षतीपूतीको व्यवस्था गर्न माग गरेका छन् । 

यस्तै ऐडीको मृत्यु र आधा दर्जन म्यादी प्रहरी घाइते भएको घटनाप्रति विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । मन्त्री शाहीले विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका हुन् । 

उनले घटनाको कारण पत्ता लगाई दोषीमाथि कारवाही र मृतक ऐडीको परिवारलाई उचित राहत तथा क्षतिपुर्ति तथा घाइतेलाई उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । साथै मन्त्री शाहीले जिल्लाको शान्ति सुरक्षाको वातावरणलाई थप उत्तेजित नबनाउन पनि  सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने