Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चन्दा उठाएर विद्यालय सञ्चालन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, पाल्पा । रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ ।

मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले यहाँ चन्दा उठाएर विद्यालय सञ्चालनमा ल्याइएको हो । निजी शैक्षिक गुठी पोखरामा दर्ता गरी काठमाडौँ शिक्षा विभागबाट स्वीकृत प्राप्त गरेपछि विसं २०५३ देखि नियमितरुपमा विद्यालय सञ्चालनमा आएको हो ।

रामपुर क्षेत्रमा मुस्लिम समुदायका लागि विद्यालय तहमा इस्लामिक शिक्षा सञ्चालन नहुँदा अन्यत्र गएर पढ्नुपर्ने बाध्यताले यहाँका समुदायले घरघरबाट चन्दा उठाएर विद्यालय सञ्चालन गरेका हुन् ।

रमजानको चन्दा, जकात, मुठिदान र मुस्लिम समुदायको सहयोगबाट मात्र विद्यालय सञ्चालनमा छ । विसं २०५३ देखि सञ्चालनमा आएको यस विद्यालयमा अहिलेसम्म सरकारी निकायको ध्यान पुग्न सकिरहेको छैन । चन्दाका भरमा विद्यालय सञ्चालन गर्न समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महम्मद अलिले बताउनुभयो ।

“बीचैमा विद्यालय बन्द गर्न पनि भएन, जसोतसो गरेर भए पनि अहिलेसम्म सञ्चालन गरिरहेका छौँ”– “विद्यालय सञ्चालनकै लागि रमजानको महिना बिदाको समय पारेर घरघरमा पुगेर सहयोग रकम उठाउँदै आए पनि समयअनुसार शिक्षकलाई तलब सुविधा, प्राप्त कक्षाकोठा नहुँदा विद्यालय चलाउन निकै कठिन परेको छ”– उहाँले भन्नुभयो ।

जिल्ला शिक्षा कार्यालय पाल्पाबाट तीन जना दरबन्दी प्राप्त भएकामा पछि एकाएक कार्यालयले विद्यालयसँग समन्वय नगरिकन दरबन्दी खारेजी गरेको उहाँले बताउनुभयो । नेपाल सरकार शिक्षा विभागबाट मान्यता प्राप्त अनिवार्य विषयका अलवा उर्दु, दिनियात (नैतिक शिक्षा), कुरआन, अरवी भाषाका पाठ्यपुस्तक समावेश गरिएको छ ।

गुरुकुल शिक्षाका लागि सरकारले सहयोग गरिरहेको तर मुस्लिम समुदायको मदरसा सञ्चालनका लागि सरकारको ध्यान नपुगेको प्रधानाध्यापक मोहम्मद सलिमले बताउनुभयो । सरकारले मदरसालाई पनि नीति नियमअनुसार सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

अहिले यस विद्यालयमा मुस्लिम समुदायका १६० जना विद्यार्थी र १२ जना शिक्षक कर्मचारी छन् । कक्षाकोठा अभावमा केही कक्षा टिनको टहराभित्र पालैपालो पठनपाठन हुँदै आएको विद्यालयका सहायक प्रअ मोहम्मद अलीले बताउनुभयो । रासस