२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्दा उठाएर विद्यालय सञ्चालन

१० पुष २०७४, सोमबार ०४:१९

पुस १०, पाल्पा । रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ । 

मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा दिने उद्देश्यले यहाँ चन्दा उठाएर विद्यालय सञ्चालनमा ल्याइएको हो । निजी शैक्षिक गुठी पोखरामा दर्ता गरी काठमाडौँ शिक्षा विभागबाट स्वीकृत प्राप्त गरेपछि विसं २०५३ देखि नियमितरुपमा विद्यालय सञ्चालनमा आएको हो । 

रामपुर क्षेत्रमा मुस्लिम समुदायका लागि विद्यालय तहमा इस्लामिक शिक्षा सञ्चालन नहुँदा अन्यत्र गएर पढ्नुपर्ने बाध्यताले यहाँका समुदायले घरघरबाट चन्दा उठाएर विद्यालय सञ्चालन गरेका हुन् । 

रमजानको चन्दा, जकात, मुठिदान र मुस्लिम समुदायको सहयोगबाट मात्र विद्यालय सञ्चालनमा छ । विसं २०५३ देखि सञ्चालनमा आएको यस विद्यालयमा अहिलेसम्म सरकारी निकायको ध्यान पुग्न सकिरहेको छैन । चन्दाका भरमा विद्यालय सञ्चालन गर्न समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महम्मद अलिले बताउनुभयो । 

“बीचैमा विद्यालय बन्द गर्न पनि भएन, जसोतसो गरेर भए पनि अहिलेसम्म सञ्चालन गरिरहेका छौँ”– “विद्यालय सञ्चालनकै लागि रमजानको महिना बिदाको समय पारेर घरघरमा पुगेर सहयोग रकम उठाउँदै आए पनि समयअनुसार शिक्षकलाई तलब सुविधा, प्राप्त कक्षाकोठा नहुँदा विद्यालय चलाउन निकै कठिन परेको छ”– उहाँले भन्नुभयो । 

जिल्ला शिक्षा कार्यालय पाल्पाबाट तीन जना दरबन्दी प्राप्त भएकामा पछि एकाएक कार्यालयले विद्यालयसँग समन्वय नगरिकन दरबन्दी खारेजी गरेको उहाँले बताउनुभयो । नेपाल सरकार शिक्षा विभागबाट मान्यता प्राप्त अनिवार्य विषयका अलवा उर्दु, दिनियात (नैतिक शिक्षा), कुरआन, अरवी भाषाका पाठ्यपुस्तक समावेश गरिएको छ । 

गुरुकुल शिक्षाका लागि सरकारले सहयोग गरिरहेको तर मुस्लिम समुदायको मदरसा सञ्चालनका लागि सरकारको ध्यान नपुगेको प्रधानाध्यापक मोहम्मद सलिमले बताउनुभयो । सरकारले मदरसालाई पनि नीति नियमअनुसार सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । 

अहिले यस विद्यालयमा मुस्लिम समुदायका १६० जना विद्यार्थी र १२ जना शिक्षक कर्मचारी छन् । कक्षाकोठा अभावमा केही कक्षा टिनको टहराभित्र पालैपालो पठनपाठन हुँदै आएको विद्यालयका सहायक प्रअ मोहम्मद अलीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य