2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकका ग्यास उद्योग जोखिममा

पुस १०, बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । 

प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ । 

“ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाही जस्तो देखिएको छ त्यसैले उद्योग सञ्चालकलाई बोलाएर छलफल गर्छौं,” प्रजिअ सिङ्खडाले भन्नुभयो । उहाँले ‘अटोमेटिक फायर फाइरिङ सिस्टम’ नभएको, पानी पनि कम भएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको आँैल्याउँदै अव्यवस्थितरुपमा ग्यास उद्योग सञ्चालन भएको बताउनुभयो । 

“कामदार पनि उद्योगमा बस्दैनन्, केही भइहाल्यो भने कहाँ खोज्न जाने,” उहाँले भन्नुभयो । सगरमाथा ग्यास उद्योगका सावर मल्ल अग्रवालले उद्योग मापदण्डअनुसार नै भएको दाबी गर्दै भन्नुभयो, “हामीले उद्योग सञ्चालनमा ल्याउँदा यहाँ कोही थिएन, अन्य उद्योग पछि थपिएका हुन् ।” 

विसं २०५३ मा स्थापना भएको सो उद्योगले दुई हजार ५०० देखि तीन हजारसम्म ग्यास सिलिण्डर उत्पादन गर्दै आएको छ । सो ग्यास उद्योग नजिकै सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योग सञ्चालनमा छन् । 

बनेपाका व्यवसायी सुधीर पलाञ्चोके, विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेको सूर्य ग्यास उद्योग र पलाञ्चोकेलगायत अरुले साझेदारीमा सञ्चालनमा ल्याएको चण्डेश्वरी ग्यास उद्योगमा आपत्कालीन समय र आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने पानी ट्याङ्की र उपकरण ‘अटोमेटिक फायर फायरिङ सिस्टम’ समेत नभएको उद्योगमा कार्यरत कर्मचारीले बताए । 

विसं २०५८ मा उद्योग विभागमा दर्ता भएको सूर्य ग्यास उद्योगले २०६५ असारदेखि सूर्य ब्राण्डको ग्यास वितरण गर्दै आएको छ भने २०६५ सालमा उद्योग विभागमा दर्ता भएको चण्डेश्वरी ग्यास उद्योगले २०६८ सालदेखि चण्डी ब्राण्डको ग्यास वितरण गर्दै आएको छ । 

सूर्य ग्यास उद्योगले दैनिक एक हजारदेखि एक हजार २०० सिलिण्डर र चण्डी ग्यासले ८०० देखि एक हजार सिलिण्डर बजारमा बिक्री वितरण गर्दै आएको छ । यी तीनवटा उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा रहेका छन् । 

त्यस्तै, बनेपा नगरपालिका–१ नालामा उग्रचण्डी ग्यास उद्योग स्थापना भएको छ । सो उद्योग सञ्चालनमा आएपछि विवाद हुँदै आए पनि उद्योगले ग्यास बिक्री वितरण गर्दै आएको छ । उक्त उद्योग बस्ती नजिकै भएको भन्दै स्थानीयवासीले हटाउनका लागि संघर्ष समिति नै गठन गरेर सर्वोच्च अदालतलाई नै गुहारेका थिए । अहिले सो ग्यास उद्योगसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको संघर्ष समितिका अध्यक्ष विश्वराम श्रेष्ठ बताउनुहुन्छ । 

नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) मा गाउँ बस्तीभन्दा पाँच किमी र अरु उद्योग रहेको स्थानबाट पाँच किमी हुनुपर्ने उल्लेख छ । तर काभ्रेपलाञ्चोकको बनेपामा स्थापना भएका तीनवटा ग्यास उद्योग केही मिटरको वरिपरि नै सञ्चालन भइरहेका छन् । पछि थप भएको ग्यास उद्योग पनि करिब एक किमीको आसपासमा रहेको छ । 

“बस्ती नजिकै छ भनेर विरोध गरेका हौँ, तर पछिल्लो समय कसैले पनि यो विषयमा बोलेका छैनन्,” बनेपा–१ का मुक्ति लामिछाने भन्नुभयो । बनेपामा रहेको अर्को हिमाल ग्यास उद्योगसहित पाँच उद्योग छन् । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा दुईजनाको ज्यान जाने गरी भएको आगलागी भएपछि स्थानीयवासी त्रसित छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई