२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ वर्षकै उमेरमा यस्तो अपराध, हुनसक्छ मृत्युदण्ड !

२०७४, १० पुष सोमबार ०९:१७

अमेरिका (एजेन्सी) | अमेरिकाको जर्जियामा प्रहरीले एक १६ बर्षकी किसोरी र उनको ब्वाईफ्रेन्डलाई डबल मर्डरको आरोपमा पक्राउ गरेको छ । किसोरीले आफ्नो १९ बर्षका व्याईफ्रेन्डसँग मिलेर आफ्नो हजुरबुबा-हजुरआमाको हत्या गरेकि थिइन् । किसोरीले आफ्नो अपराध स्वीकार समेत गरेकी छन् । उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ । 

हत्यापछी साथीहरु बोलाएर पार्टी 

प्रहरीले जानकारी दिए अनुसार १६ वर्षकि किसोरीको नाम ससान्द्रा हो । ससान्द्राले आफ्नो ब्याईफ्रेन्ड जोनी राइडरलाई रातको समयमा आफ्नो घरमा बोलाएकी थिइन्, जुन समय ससान्द्राका हजुरबुबा र हजुरआमा सुतिरहेका थिए । यस्तै अवस्थामा दुवैले बेसबल ब्याटबाट उनीहरुलाई हानेर मारिदिए । 


हजुरबुबा र हजुरआमाला मारिसकेपछी उनीहरु रोकिएनन् – ससान्द्रा र जोनीले बेसबल ब्याटले हानेर मारिसकेपछी पनि फेरी घाटी रेटे, अनि मृत सरिरलाई प्लास्टिकको झोलामा बेरेर ओछ्यानमा लुकाए । त्यस्तो हर्कत गरेको दोश्रो दिन उनीहरुले आफ्ना साथीहरुलाई घरमा बोलाएर मज्जाले रक्सि पिए । त्यसपछी दुवैजना करीब चार/पाँच दिनसम्म घरमै बसे उनीहरुले लासबाट गन्ध आउन थालेपछि परफ्यूम प्रयोग गरिरहे । 


घटना घटाएको २/३ दिनपछीदेखि दुवै जना निकै डराउन थाले । जोसमा होस गुमेपछि उनीहरुले मान्छे त मारे तर अब कसरी अपराधबाट बच्ने भन्नेमा तनाव सुरु भयो । डरकै कारण उनीहरुले घरमै ड्रग्स प्रयोग गर्थे । 

प्रहरीलाई ससान्द्राले दिएको बयान अनुसार उनले हजुरबुबा र हजुरआमा मार्नुको कारण पनि खुलाएको छ । आफ्नो ब्याईफ्रेन्ड र साथीहरुसँग मोजमस्ती गर्न नदिएको कारण हत्या गर्नुपरेको ससान्द्राले बयानमा भनेकी छन् ।

छिमेकीलाई शंका लागेपछि खुल्यो राज… 

घटनाको खुलाशा तब भयो जब छिमेकीहरुलाई शंका लाग्यो, किनकी केहि दिनदेखि रैन्डाल र वेन्डीलाई छिमेकीले देखेनन् । एक छिमेकीले प्रहरीलाई यसबारे जानकारी गराए । जब प्रहरी पुग्यो तब ससान्द्रा चुपचाप भित्र बासिन्, गेट नखुलेपछि  त्यस दिन प्रहरीले घरमा अरु कोहि छैन भन्ने ठानेर फर्कियो । तर प्रहरी फेरो दोश्रो दिन उक्त घरमा पुग्यो, त्यस दिन पनि घरबाट कुनै आवाज आएन । घरको भित्रबाट गन्ध आएको थाहा पाएपछी प्रहरीले घरको ढोका फोडेर भित्र गयो र मृत सरिर बरामद गर्यो ।

प्रहरी आएपछी भागेका थिए जोडी 

ससान्द्राले दिएको बयान अनुसार प्रहरी घरमा आएको दिन उनीहरुलाई लाग्यो – अब प्रहरीले पक्राउ गर्छ । तब उनीहरु शहर छाडेर भागेका थिए । छिमेकीको बयान अनुसार प्रहरीलाई ससान्द्राप्रति शंका उत्पन्न गराएको थियो । ससान्द्रा फरार भएपछी खोजीको लागि प्रहरीले डिसेम्बरमा एउटा बिज्ञापन समेत निकाल्यो । त्यसपछि ससान्द्रा र उनको ब्याईफ्रेन्डलाई प्रहरीले पक्रिन सफल भयो ।

पक्राउपछि अदालतमा ससान्द्राले आफ्ना हजुरबुबा-आमाको हत्या गरेको स्वीकार गरिन् । तर, उनको ब्याईफ्रेन्डले भने हत्यामा संलग्न भएको कुरा अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते