2026-10-21 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठोरी गाउँपालिका प्रदेश नं ३ मा गाभिन्छ: प्रचण्ड

पुस १०, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उहाँले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि मधेश आन्दोलनका कारण हुन नसकेको बताउनुभयो । 

अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नं.३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गर्नुभयो । 

नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उहाँले यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।” 

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जाने क्रममा अध्यक्ष प्रचण्ड ठोरी पुग्नुभएको हो । 

अध्यक्ष प्रचण्डले आजै चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवादज्ञापन गर्नुभयो । बाँदरझुलामा आयोजित कार्यक्रममा उहाँले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट नै सुकुम्वासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले पछिल्ला समय पार्टी एकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति खण्डन गर्दै एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गर्नुभयो । 

राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ