2026-07-25 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँखुमा माधवनारायण शालिनदी मेलाको तयारी शुरु

पुस १०, काठमाडौँ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने साँखु माधवनारायण शालिनदी मेलाको तयारी शुरु भएको छ । 

यस वर्ष पुस १८ गतेदेखि मेला शुरु भई माघ १७ गते सकिनेछ । मेला अवधिभर साँखुमा लाखौँ भक्तजनको भीड लाग्छ । साँखु बजारलाई पुरानो एवं ऐतिहासिक धरोहरका रुपमा लिइन्छ । नेपाल तिब्बतको व्यापार हुने समयमा साँखु प्रमुख मार्ग थियो । 

माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले मेला व्यवस्थापनको तयारीस्वरुप साँखुका आठ वटै टोलमा भेला गरी टोल समूह गठन गरेको छ । संघसंस्था एवं महिला समूहको छुट्टै समिति गठन गरेर तयारी शुरु गरिएको समितिका अध्यक्ष राजभाइ श्रेष्ठले बताउनुभयो । 

“यहाँ क्रियाशील नेपाल स्काउट, नेपाल प्रहरी, साँखु बस व्यवसायी संघलगायत संघसंस्थाले मेला व्यवस्थापनमा सहयोग गर्ने जिम्मा लिएका छन्, इलाका प्रशासन कार्यालय र शंखरापुर नगरपालिकासँग पनि समन्वय गरेर मेलाको तयारी शुरु गरेका छौँ”, उहाँले भन्नुभयो । 

यस वर्ष शालिनदी तटमा घाट सुधारका थप योजना कार्यान्वयन भएको समितिले जनाएको छ । सरसफाइ गरेर ४० वर्षपछि शालिनदी घाटमा सातवटा खुड्किला, ब्रह्मनाल र वासुकी नाग समेत पूरै देखिएको छ । 

समितिले मेला व्यवस्थापनको तयारी गरिरहँदा विगत वर्षमा भएका कमी–कमजोरी सच्याउने प्रतिबद्धता जनाएको छ । मेलामा आउने भक्तजन एवम् व्रतालुको सेवासुविधामा कमी आउन नदिने समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

यस वर्ष शालिनदी तटमा रहेको सार्वजनिक जग्गाको सीमांकन गरेर १० रोपनी १३ आना जग्गा निकालिएको छ । यस ठाउँमा आगामी वर्ष थप भौतिक निर्माणका काम गर्न सजिलो हुने उहाँले बताउनुभयो । शालिनदी तटमा वर्षभरि नै पर्यटक आउने गरी आकर्षण केन्द्र बनाउने योजनाअन्तर्गत झरना र नारायण भगवान्को शिरमा पानीको फोहरा झर्ने गरी फाउन्टेन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

समितिले यसपटक पुरुष व्रतालु राति सुत्ने स्थल (धलम्पु) को संरक्षण गरेको छ । विगत वर्षमै खस्न लागेको यो ठाउँमा १९ फिट अग्लो र ४२ फिट लामो बाँध निर्माण गरेर संरक्षण गरिएको छ । शालिनदी तटको सार्वजनिक जग्गा सीमांकन गरिसकेपछि शंखरापुर र कागेश्वरी मनहरा नगरपालिकाका अन्य स्थानमा समेत यसरी नै संरक्षण गरिनुपर्ने आवाज स्थानीयवासीले उठाउन थालेका छन् । 

यस विषयमा नापी कार्यालय, नगरपालिका एवं सरकारको समयमै ध्यान जानुपर्ने स्थानीय सञ्चारकर्मी पवनलाल श्रेष्ठले बताउनुभयो । साँखुमा मेला भर्न आउने मात्रै हैन व्रत बस्ने व्रतालु र परिवारको पनि भीड हुन्छ । 

भूकम्पले ध्वस्त साँखुमा अझै पुनः निर्माण हुन सकेको छैन । यसले पर्यटक आवागमनमा असर पार्ने स्थानीयवासीको गुनासो छ । यस वर्ष २५ लाखभन्दा बढी पर्यटक मेलाका अवसरमा शालिनदी क्षेत्रमा भित्र्याइने समितिले जनाएको छ । पूर्णप्रसाद मिश्र/रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक