६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेतृत्वको सरकार बने राजपाले पनि समर्थन गर्ने, एमालेलाई दवाब

११ पुष २०७४, मंगलवार ०६:०७

पुस ११, काठमाण्डौ । राजपा नेपालले आगामी सरकारको नेतृत्व माओवादी केन्द्रले गरे आफुहरुले सहयोग गर्न तयार रहेको जनाएको छ । राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल 'प्रचण्ड'लाई साथ दिने संकेत गरेको हो ।

उसले वामपन्थी गठबन्धनमा सरकार र पार्टीको नेतृत्वको रस्साकस्सी चलिरहेको बेला यस्तो प्रस्ताव गरेपछी सरकार गठनमा नयाँ तरंग पैदा गर्ने संकेत देखिएको छ ।

कांग्रेसले समेत माओवादी केन्द्रलाई नै साथ दिने भन्दै पटक-पटक प्रस्ताव राखेको अवस्थामा एमाले एक्लैको बहुमत नपुग्दा माओवादी केन्द्रलाई भने अन्य दलबाट सहयोगको संकेत देखिएको छ । माओवादीलाई राजपा तथा कांग्रेसको समेत सहयोग रहने भएपछी एमालेमा समेत दवाब पर्ने देखिएको छ । एकतासँगै पार्टी अध्यक्ष प्रचण्डलाई दिएर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको खण्डमा एकता सँगै बामपन्थी सरकार बन्ने अवस्था हुन सक्ने देखिन्छ । तर एमालेले दाहाललाई पार्टी अध्यक्ष नदिन सक्ने संकेत पाएपछी पहिले सरकार बनाउने भन्दा पनि मुख्य दुई नेतृत्व सरकार र पार्टी क्रमश ओली र दाहालले सहमतिमै चलाउनुपर्ने दवाब सृजना भएको छ । बाम गठबन्धनको पार्टी एकता भएका अब माओवादी अध्यक्षले नै पार्टीको नेतृत्व गर्नुपर्ने माओवादी नेताहरुको दवाब छ । सरकार र पार्टीको नेतृत्व दुवै एमालेलाई दिँदा माओवादी एमालेमा मिसिएको जस्तो हुने भन्दै केहि माओवादी नेताहरुले पार्टी अध्यक्षलाई समेत खबरदारी गरेको स्रोतको दावी छ । त्यसमा पनि ओलीलाई 'नखाउँ दिनभरीको सिकार, खाउँ कान्छोबाउको अनुहार' भनेझैँ भएको छ । किनकी सरकार नेतृत्वकै लागि एमाले र माओवादी केन्द्रबीच चुनावी एकता भएको अवस्थामा माओवादीले मागे अनुसारको पार्टीमा पद नदिए सरकारको नेतृत्व ५ बर्षको लागि चिप्लिने सम्भावना छ । कांग्रेसले माओवादीलाई फकाउन हदैसम्मको प्रयास गर्न सक्ने अवस्थामा एमालेले माओवादीलाई नलिई सरकार बनाउन सक्ने अवस्था छैन । 

राजपालाई प्रचण्डको नेतृत्व भएमा आफ्ना माग पुरा गर्न सक्ने विश्वासकै कारण उसले ओलीलाई भन्दा दाहाललाई सरकार नेतृत्वमा देख्न चाहन्छ, त्यसैले पनि उसले माओवादी अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने संकेत दिएको हो । तर माओवादीले भने बाम गठबन्धनकै सरकार बन्ने भन्दै प्रधानमन्त्रीको पद ओलीको जिम्मामा दिएर पार्टी एकीकरणलाई ध्यानमा राखेको छ । पछिल्लो समय दाहाल र ओलीले आलोपालो सरकार संचालन गर्ने बिषयमा पनि चर्चा चलेको अवस्थामा सोहि अनुरुप पार्टीको जिम्मेवारी बहन गर्नसक्ने केहिको विश्लेषण छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति