2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घरको सम्पूर्ण काम महिलाकै थाप्लोमा

पुस ११, कालिकोट | कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ । कामै कामको ध्याउन्नले वर्षमा एक पटक आउने चाडपर्व कतिखेर आउँछ कतिखेर जान्छ पत्तै नहुने कालिकोट तिलागुफा नगरपालिका मन्सरा कार्कीले बताइन् । यहाँका महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्नेसम्म फुर्सद पनि नहुने कार्कीको भनाइ छ । यसले गर्दा विभिन्न खाले दीर्घरोगबाट संक्रमित हुनु परेको उनले बताइन् ।

परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको र एउटै खेतमा पाँचदेखि दश पटकसम्म खट्दा पनि उत्पादन दुई महिना पनि खान नपुग्ने हुने गरेको कार्कीले बताइन् । एकातिर खेतबारीको कामको चाप, अर्कातिर महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामीण महिला झनै समस्यामा परेको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपालीले बताइन् । बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलोचौकासम्म आफँै गर्नुपर्ने यहाँका महिलाको नियति भएको नेपालीले बताइन् ।

त्यसमाथि कर्णालीका दलित महिलाको अवस्था झन दर्दनाक भएको र सानैमा बिहे गराइदिने यहाँको प्रचलनले २० वर्ष नकाट्दै चार पाँच वटा बच्चाको आमा बन्नुपर्ने अवस्था भएको उनको भनाई छ । चेतनाको कमीले उनीहरुको शरीर बच्चा जन्माउने मेसिनजस्तै सावित भएको छ उनले थपिन् । दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने पैसाको अभावमा कलिलै उमेरमा पढाइ लेखाइबाट वञ्चित हुने र बिहे गराइदिने यहाँका प्रचलनले महिलाको जीवन एकदमै कष्टकर भएको बाले बिश्वकर्माले बताए । राजनीतिक चेतनाको हिसाबमा कुरा गर्ने हो भने पनि उनीहरु निकैनै पछाडि रहेको बिकको भनाई छ ।

‘सामान्य लेखपढ पनि नगरेरै बिहे गर्नाले उनीहरुलाई रोजगारीको अवसर पनि मिल्दैन, यसले गर्दा उनीहरुको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, अतः उनीहरुले बिहान बेलुकी छाक टार्नका लागि अर्काको मजदुरी गर्नुको विकल्प छैन’, उनले भने । यहाँका महिलाको चैत महिनादेखि सुरु भएको काम पुस माघको अत्यन्तै चिसो हिमपात हुने समयसम्म पनि निरन्तर चलिरहन्छ ।

नरहरीनाथ गाउँपालिका–१ मा बस्ने हरि सार्कीको पीडा सुन्दा जो कसैको आँखा रसाउँछ । कामको चापले उनलाई खाना खाने फुर्सद पनि छैन । दैनिक मेसिनजस्तै खेतबारीको काममा खट्नु पर्दछ । ‘बिहानै चुलोचौको गरिसकेपछि काममा निस्कन्छु । दिउँसो समय निकालेर खाना खान्छु, फेरि बच्चा पिठ्युँमा बोकेर काममा निस्कन्छु । निरन्तरको काम र असन्तुलित खानपानले शरीर सुक्दै गएको छ, स्वास्थ्य बिग्रदै गएको छ, के गर्नु जति काम गरेपनि वर्षभरिको खेतीले दुई महिना पनि राम्रोसँग खान पुग्दैन, बाँकी महिना अरुको मजदुरी गर्नुपर्दछ,’ सार्कीले बताइन् ।

दलित महिला त प्रतिनिधि पात्र मात्र हुन् कर्णालीका सम्पूर्ण महिलाको पीडा उस्तै हो, भौगोलिक रुपमा विकट भएकाले सहर बजारको जस्तो जनजीवन सहज छैन । पिठ्यँुमा भारी, निधारमा नाम्लो कहिल्यै छुट्दैन उनीहरुलाई । यहाँका महिला उत्थानको लागि च्याउ जस्तै खोलिएका गैरसरकारी संस्थाले पनि खासै उपलब्धिमूलक काम गर्न नसकेको सरोकारवालाको बुझाइ छ । खाली तीनले यहाँका महिला, बालबालिकाको तस्बिर बेचेर डलर कुम्ल्याउने गरेको उनीहरुको आरोप छ ।

यिनीहरुको सशक्तीकरणका लागि सरकारी तवरबाट नीति नियम बने तापनि व्यवहारमा उतार्न नसकिएको दलित अधिकारकर्मी मनबहादुर सार्कीले बताउनुभयो । शरीरले थेग्न नसक्ने काम, त्यसमाथि सासमात्र जोगाउने किसिमको खानपानले उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको सार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय