१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जलविद्युतको लगानीले गरिवी घटाउने विश्वास

१२ पुष २०७४, बुधबार १५:४२

पुस १२, कालिकोट । जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको छ । जिल्लामा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना ठुला गरेर २ हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन गर्न सक्ने खोलाहरुका कारणले जिल्लाको समृद्धिको आधारका रुपमा जलविद्युतलाई लिन थालिएको हो ।

जलविद्युतको क्षेत्रमा अहिले अध्ययन गरिएका केहीको काम अगाडी बढाईका जलविद्युत्का योजनाहरुलाई हेर्ने हो भने जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेको छ ।

यी सबै आयोजना बनेका १ हजार ३१२ मेगावाट बिद्युत उत्पादन क्षमता राख्दछ । जसको उत्पादनले कालिकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । त्यो भन्दा पनि यस जिल्लामा थुप्रै उन्य जलविद्युत आयोजना बन्ने ठाउँहरु रहेको छन् तिनीहरुको उपयोगिता हुन सकेको छैन् ।

कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल जडिबुटी रहेकोले यहाँको विकासमा जलविद्युतको उपयोगमा नै कालिकोटको पहिलो आधार रुपमा रहेको पूर्व उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘कर्णाली कै आर्थिक विकासको आधार जल जंगल जडिबुटी हुन्’ उनले भने, ‘यो बिशेष गरेर कालिकोटको आर्थिक विकास आधार खोज्ने हो भने जलविद्युत नै पहिलो प्राथमिता हो ।’

नेपाल विद्युत प्राधिकरणले तिला १ र तिला २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत आयोजनाको प्रबद्र्धक एससी कम्पनीले तीन वर्ष अघि नै विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो । तर, विद्युत खरिद सम्झौता भइसकेको र त्यसको निर्माण प्रक्रिया अगाडी बढेमा कर्णालीको आर्थिक विकास हुने खाडाँचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

‘प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको छ’ उनले भने, ‘यी दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभर को मापदण्ड अनुसार नै यसको पिपिए भएको छ ।’ ४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला दुईमा यिनै क्षेत्र प्रभावित हुने विद्युत निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए ।

त्यस्तै फुकोट कर्णाली आयोजना कम्पनीले जिम्मा लिएको छ । यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । यो आयोजना बनेका कर्णाली क्षेत्रमा बिद्युत निकै फ्ड्को मार्ने स्थानीयको बुझाई रहेको छ । कालिकोटमा बिद्युत क्षेत्रमा मात्रै विकास गर्ने हो हजारौं रोजगारी, विद्युतमा लगानी अबसर पाउने जिल्ला समन्वय समितिका कालिकोटका प्रमुख अनिपाल शाहीले बताए ।

जलबिद्युत आयोजनामा स्थानीय सेयर लगाएतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयबासी निकै उत्साहित भएका स्थानीय रामबहादुर रावतले बताए । ‘हामी राजगारीका लागि कालापहाड जानुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘त्यसका अन्त्यका लागि जलबिद्युतका आयोजना बन्दैछन् भन्ने सुनेका छौं । तर, कहिले बन्छन् थाहा छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक