2026-07-29 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुरामा २५ हजार कर बुझाउन ६० हजार खर्च

पुस १४, बाजुरा । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । 

आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । 

कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका छैनन् । राजश्व बुझाउने कार्यालय छैन, स्थानीय व्यापारी बलबहादुर रोकायाले भन्नुभयो, “वर्षभरिको कर २५ हजारदेखि ३५ हजार हुन्छ । कर तिर्न धनगढी जानुपर्छ ।” रोकायाले बाजुराका व्यापारीले रु २५ हजार कर तिर्न रु ५० हजार देखि ६० हजार खर्च गरी धनगढी जानुपर्ने बाध्यता भएकाले समस्या भएको बताउनुभयो । 

जिल्लामा अनुमति प्राप्त मदिरा व्यवसायीबाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन । जिल्लामा भ्याट बिल र दर्ता भए नभएको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुन नसकेको हो । 

जिल्लाका अधिकांश निजी स्कुलले कर नतिरेको पाइएको छ । जिल्लामा कर कार्यालयको व्यवस्था गरी कर असुली गर्न व्यवसायीको सुझाव रहेको छ । व्यवसायी मात्र हैन गैरसरकारी संस्थासमेत कर तिर्न कहाँ जाने समस्यामा छन् । 

आर्थिक वर्षको अन्त्यमा कर बुझाइ सक्नुपर्ने प्रावधान छ । बाजुराका संघसंस्थाले असोज र कात्तिकतिर कर तिर्ने गरेका छन् । “वर्षमा रु ५० हजारको कारोबार गर्दै आएको असल शासन क्लब संस्थाका अध्यक्ष प्रदीपराज जोशीले धनगढी पुगेर आन्तरिक राजश्व कार्यालयमा संस्था नवीकरण गर्न रु २० हजार खर्च हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै कर कार्यालय भएको भए रु तीनहजारदेखि चार हजारमा नवीकरण गर्न सकिन्थ्यो ।” 

नेपाल उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया व्यसायीले कर तिर्न चाहे पनि सरकारी नीति कार्यान्वयन नहुँदा कर छल्न बाध्य पारिएको बताउनुहुन्छ । कुनै उद्योगी–व्यवसायी कर चोर बन्न चाहँदैनन्, उहाँले भन्नुभयो । 

रोकायाका अनुसार पटक–पटक अण्डरबिलिङदेखि राजश्व कर्मचारीको व्यवहारले पनि समस्या पर्ने गरेको छ । रु एक हजार ७०० को जुत्ता १७ रुपैयाँमा बिलिङ हुन्छ, व्यापारीले कसरी कर तिर्ने ?” व्यवसायीले सरकारी निकायमा कर्मचारीले नै कर चोरी गर्न प्रेरित गरेको आरोप लगाएका छन् । जिल्लामा एक हजार ६४२ व्यवसाय दर्ता छन् जबकि वर्षमा ७०० देखि ८०० व्यवसायीले मात्र कर तिर्ने गरेको बताइएको छ । 

अवैध मदिराको बिगबिगी 

यसैबीच, जिल्लामा घरेलु अवैध मदिराको बिगबिगी भएको छ । जिल्लामा अत्यधिक मात्रामा अवैध मदिरा उत्पादन हुन थालेपछि वैध मदिरा बिक्री–वितरणमा कमी भएको छ । 

यसले पनि राजश्व घटेको पाइएको छ । अवैधरुपमा घरेलु मदिरा उत्पादन र बिक्री गर्ने कार्य बन्द गर्न सके राजश्व संकलन बढ्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

अवैध मदिरा सेवनका कारण समाजमा नकारात्मक वातावरण बढेको ठहर गर्दै सरकारले मदिराको कारोबार व्यवस्थित गर्न लागेको छ । 

आफूखुशी खुलेका मदिरा पसल र मदिरा सेवनका कारण महिला हिंसाका घटनामा वृद्धि हुनाका साथै कर छली बढेपछि नियन्त्रण प्रयास शुरु भएको प्रहरीले जनाएको छ तर अवैध मदिरा उद्योग सञ्चालन गरी कतिपयले औद्योगिक ऐनको भावनाको उल्लङ्घन गरेको पाइएको छ । प्रेम रौले/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ