2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई अवैध औषधिसहित बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

उक्त मेडिकलबाट लागुऔषधका रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनमा बिरामीको अभिलेख राखेर चिकित्सककै निगरानीमा मात्र बिरामीलाई खुवाइने ट्रमाडोल, डिसाइक्लोमाइन, एभिल, सेटिराजिनलगायत नेपालमा दर्ता नभएका अन्य कम्पनीका करिब रु साठी हजार मूल्य बराबरको तीन बोरा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको छ । उनले नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको, दर्ता नगरी औषधि पसल सञ्चालन गरेको, औषधिसम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको पाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई