१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

१५ पुष २०७४, शनिबार ११:५१

पुस १५, धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई अवैध औषधिसहित बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

उक्त मेडिकलबाट लागुऔषधका रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनमा बिरामीको अभिलेख राखेर चिकित्सककै निगरानीमा मात्र बिरामीलाई खुवाइने ट्रमाडोल, डिसाइक्लोमाइन, एभिल, सेटिराजिनलगायत नेपालमा दर्ता नभएका अन्य कम्पनीका करिब रु साठी हजार मूल्य बराबरको तीन बोरा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको छ । उनले नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको, दर्ता नगरी औषधि पसल सञ्चालन गरेको, औषधिसम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको पाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक