2026-09-01 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडकखण्डबाट आयो यस्तो खबर !

पुस १६, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ । 

रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि यही पुस १८ गतेबाट रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ । यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

काठमाडौँतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीसाधनलाई तनहुँ प्रहरीसँग समन्वय गरी उपयुक्त ठाउँमा रोक्ने व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । मुग्लिन बजारमा सार्वजनिक शौचालय रहेको र रातको समयमा पनि होटल खुल्ला रहने हुँदा बाहिर शौच गर्नुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो । लेवाटारमा मानव बस्ती कम रहेकाले समस्या नहुने अनुमान गरिएको छ । 

विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालयमा हालै सम्पन्न सरोकारवालाहरुको बैठकले राति छ घण्टा र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । 

बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनेलगायतका कालोपत्रबाहेकका काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कालोपत्रको काम अगाडि बढाउने निर्णय गरेको छ । 

बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी साधनको आवागमन प्रभावकारी बनाउने, सवारीसाधन रोकिएको समयमा कामलाई तीव्रता दिने, रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । 

उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मिटर र ३३ किलोमा तीन सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनिर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ । सो सडक तीन पत्र कालोपत्र गरिँदै छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली