2026-09-08 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय नाकाबन्दिको हल्लाले नुन लिनेको घुइँचो

दान बहादुर बुढा/पुस १६, मुगु । प्रतिनीधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम पश्चात अव नेपालमा भारतिय नाकाबन्दि हुन सक्ने हल्लाका कारण हिजो आज नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगुको वितरण केन्द्रमा नुन लिने स्थानीयवासीको घुईचो लाग्ने गरेको छ । 

निर्वाचनको परिणाम पछि देशमा बामपन्थीको बहुमतिय सरकार बन्ने यसबाट भारतले नेपाल माथि नाकाबन्दि गर्न सक्ने शंका उपशंकाका कारण जिल्लाका स्थानीयवासीले नाका बन्दि भए नुन अभाव हुन सक्ने भन्दै नुन लिन आएको बताएका छन । 

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधान मन्त्री बनेको समयमा भारतले नाका बन्दि गर्दा नेपालमा दैनिक उपभोग्य बस्तु, खाना पकाउने, ग्याँस, डिजल, पेट्राल लगायत निर्माण सामाग्रीको समेत अभाव भए भएको थियो । 

अहिले पनि केपी ओली प्रधान मन्त्री बन्ने र देशमा बाम पन्थीहरुको सरकार बनेपछि पनि नाकाबन्दि हुने र नुन समेत भारतबाट आउने भएकाले नुनको अभाव हुनसक्छ भन्ने गाउँमा हल्ला चलेकाले आफु नुन लिन आएको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी मयलाल बोहोराले बताए ।

बोहोरा जस्तै साल्ट टे्रडिङ्गको नुन वितरण केन्द्रमा पुगेका छायानाथ रारा नगरपालिका वडा नम्बर पाँचका महेन्द्र विकले पनि नेपालमा ओलीको नेतृत्वमा बाम पन्थी सरकार बन्न लागेको र ओलिले ठुल ठुला कुरा गर्ने काम केहि गर्न नसक्ने र भारतलाई रुष्ट बनाई नाकाबन्दि निम्त्याउन सक्ने भएकाले नाकाबन्दिमा नुनको अभाव टार्न समयमा नै नुन लिन् आएको बताए । गाउँमा अब नाका बन्दि हुने, बजारमा दैनिक उपभोग्य बस्तुसंगै नुनको समेत अभाव नहोस भनेर नुन लिन आएको वडा नम्बर पाँचकि माया रोकायाले बताईन ।

विगतमा दैनिक आठ दश जना आउने र दश विस केजी बाहेक बढि नुन नलिने सर्व साधारणहरु आठ दश दिन यता देखि चालिस पचास केजी नुन लिएर जाने गरेका थिए भर्ने २ साता यता ३०० क्वीण्टल नुन बितरण भएको नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगु शाखाका प्रमुख खगेन्द्र कार्कीले जानकारी दिए । दश दिन यता दैनिक चालिस देखि असि क्वीण्टलसम्म नुन विक्रि हुने गरेको शाखा प्रमुख कार्कीको भनाई छ । 

नेपाल सरकारले आयोडिन मिसाईएको नुन सर्व साधारण तथा उपभोक्तालाई प्रति केजी ९ रुपैयाँको दरले उपलब्ध गराउदै आएको छ जुन नुन भारतबाट आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग