१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा

१७ पुष २०७४, सोमबार ०७:५३

पुस १७, पोखरा । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वी चोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । 

पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रका सञ्चालक डा सुवास भट्टराईले जानकारी दिनुभयो । 

उक्त केन्द्र आज उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले हामीहरूले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा विभिन्न समस्याबाट ग्रसित बन्नुपरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त, युआएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, सामुदायिक सेवा जिल्ला समन्वय समितिका संयोजक विष्णुबहादुर भट्टराई, डा मेरिना ज्ञवालीलगायतले पेट तथा कलेजोसम्बन्धी विशेषज्ञसहितको उपचार सेवाका लागि केन्द्र सफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक