<p><b>पुस २०, काठमाडौँ । </b>नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ । <br></p><p>राति ११: ३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको बा ८४ प ६०१५ नंको मोटरसाइकलले गुरुङलाई ठक्कर दिएपछि गम्भीर घाइते भएकामा पिपल्स अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो । </p><p>दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । रासस</p>
January 4, 2018
काठमाडौँ - KTM, लम्जुङ्ग - LMG, समाज
काठमाडौँमा लमजुङका एक युवकको मोटरसाइकलको ठक्करबाट मृत्यु
By kit
1 मिनेट पढाइ










