१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मर्दीखोलाका शवदहन गृह समुदायलाई हस्तान्तरण

२२ पुष २०७४, शनिबार ०४:४८

पुस २२, पोखरा । यहाँको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित तीन शवदहन गृह स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । 

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह प्रदेशसभाका नवनिर्वाचित सदस्य रामजी बरालले शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । 

शवदहन गृह निर्माणका लागि उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानले आर्थिक सहयोग प्रदान गरेका थिए । सार्वजनिक शौचालयसहित पानीको धारासहितको प्रत्येक शवदहन गृह निर्माणको लागत रु १० लाख ४२ हजार छ । 

शवदहन गृह निर्माणसँगै पोखरा आउने पानीको मुहानमा शव नजलाइने भएको छ । शवदहन गृह नदीको माथिल्लो भागमा बनाइएको तथा भष्म सेफ्टी ट्यांकी निर्माण गरी नदीमा पुग्न नदिने व्यवस्था मिलाइएको छ । 

मर्दीखोला क्षेत्रका ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती दोभानमा पनि शवदहन गृह निर्माण प्रक्रिया अगाडि बढेको उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पलिखेले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा थप शवदहन गृह, सार्वजनिक शौचालय तथा लुगा धुने ठाउँ निर्माणका लागि पहल भइरहेको छ । 

कार्यक्रममा विभिन्न वक्ताले पोखराको खानेपानी मुहान शुद्ध नहँुदा दूषित पानी खानुपरेकाले शुद्ध खानेपानीका लागि मर्दी क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक