2026-07-25 03:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मर्दीखोलाका शवदहन गृह समुदायलाई हस्तान्तरण

पुस २२, पोखरा । यहाँको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित तीन शवदहन गृह स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । 

पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह प्रदेशसभाका नवनिर्वाचित सदस्य रामजी बरालले शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । 

शवदहन गृह निर्माणका लागि उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानले आर्थिक सहयोग प्रदान गरेका थिए । सार्वजनिक शौचालयसहित पानीको धारासहितको प्रत्येक शवदहन गृह निर्माणको लागत रु १० लाख ४२ हजार छ । 

शवदहन गृह निर्माणसँगै पोखरा आउने पानीको मुहानमा शव नजलाइने भएको छ । शवदहन गृह नदीको माथिल्लो भागमा बनाइएको तथा भष्म सेफ्टी ट्यांकी निर्माण गरी नदीमा पुग्न नदिने व्यवस्था मिलाइएको छ । 

मर्दीखोला क्षेत्रका ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती दोभानमा पनि शवदहन गृह निर्माण प्रक्रिया अगाडि बढेको उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पलिखेले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा थप शवदहन गृह, सार्वजनिक शौचालय तथा लुगा धुने ठाउँ निर्माणका लागि पहल भइरहेको छ । 

कार्यक्रममा विभिन्न वक्ताले पोखराको खानेपानी मुहान शुद्ध नहँुदा दूषित पानी खानुपरेकाले शुद्ध खानेपानीका लागि मर्दी क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल