२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दैछ धरहरा, एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने

२०७४, २४ पुष सोमबार ११:१६

पुस २४, रत्ननगर (रासस) | गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौँ सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ । 

दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देखि यहाँ शुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरेका हुन् । महोत्सवको मुख्य आकर्षण नै धरहरा हुने भएको छ । 

रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरामा चढेर दृश्यावलोकन गर्न सक्नेगरी बाँसबाट निर्माण गरिएको बताउनुभयो । “यसले महोत्सवको रौनक थपेको र सर्वसाधारणका लागि मुख्य आकर्षक हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो । 

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट महोत्सव शुरु हुँदैछ । ऐतिहासिक महत्वको धरहराको प्रतिमूर्ति आफैँमा महत्वपूर्ण रहेको महिला अधिकारीकर्मी संगीता भट्टराईले बताउनुभयो । बाँसबाट कृत्रिम धरहरा निर्माणको काम लगभग पूरा भएको छ । सो धरहरा ७५ फिट अग्लो बनाइएको छ । तीस फिट माथिसम्म चढेर वरिपरिको दृश्य अवलोकनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सात तलाको धरहरा निक्कै आकर्षक छ । बाँसलाई कपडाले बाँधेर निर्माण भएको अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ । 

एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने छन् । महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले उल्लेख गर्नुभयो । यही पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवौं संस्करणको रत्ननगर महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने ४५० भन्दा बढी स्टल रहनेछ । 

महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता, च्याउ, मह, तरकारी, थोपा सिँचाइ प्रविधि केरा, माछा, च्याउ, पोल्ट्री, फलफूलको परिसर रहनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा बंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने बताइएको छ । 

महोत्सव अवधिभर सौराहासहित चितवनका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका कार्यक्रम रहनेछन् । महोत्सवमा फुड फेस्टिभलको समेत आयोजना हुनेछ । महोत्सवमा सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ९तस्बीर उपलब्ध छ० 


चितवनको रत्ननगरमा प्रतिकात्मक स्वरुपमा निर्माणाधीन धरहरा । यही पुस २७ बाट शुरु हुन लागेको रत्ननगर महोत्सवको मुख्य आकर्षणको रुपमा बाँसबाट बनेको धरहरा रहने आयोजकले जनाएको छ । तस्बिरः नारायण ढुंगाना, रतननगर, चितवन, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली