2026-10-15 08:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

राष्ट्रसेवकका परिवार बाख्रापालनमा जोडिदै

दलसिंह गिरी/पुस २६, सुर्खेत । राष्ट्रसेवकका रुपमा लिइने नेपाली सेनाका परिवारहरु बाख्रापालनमा जोडिने भएका छन् । 

मध्यपश्चीम इपी सेन्टर कार्यालय बाके नेपालजंग द्धारा सुर्खेतको बराहाताल गाउपालिका वडा नं. ५ बड्ढीचौमा बाख्रा पालन तालिम दिने भएपछि त्यहाँका परिवारहरु बाख्रापालनमा जोडिने भएका हुन् । 

बड्ढीचौमा नेपाली सेना कल्याणकारी कोष बाट बुधबार देखि २ दिन सम्म बाख्रापालन सम्बन्धी तालिम संचालन भएको छ । भूतपूर्व नेपाली सेनाका परिवार, बाहालवाल नेपाली सेनाका परिवार र विरगती प्राप्त नेपाली सेनाका परिवारलाई आर्थिकरुपमा सक्क्षम गराउनुका साथै ब्यवसाहिक पशुपालनमा अग्रसर गराउने तालिम संचालन गरिएको हो ।

बुधबार बाट ३ दिन सम्म संचालन हुने तालिम उद्घाटनमा नरसिंह दल गणका गणपती दिग्गीवजय शाह इन्भेष्टमेन्ट बैक शाखा सुर्खेतका प्रमुख कृष्ण जोसी, बराहताल गाउपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, नेपाल भुतपूर्व सैनिक संघ सुर्खेतका अध्यक्ष अप्रास देबबहादुर थापा, नेपाल भुतपूर्व सैनिक संघ सुर्खेत प्रदेश अन्तर्गत क्षेत्र नं. ३ का अध्यक्ष बल बहादुर मस्यांघी मगर, वडा नं. ५ का अध्यक्ष तिलक मस्यांघी, जिल्ला पशु स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख नारायण न्यौपाने लगायतको उपस्थीति रहेको छ ।

पशु स्वास्थ्य सेवा प्रशिक्षक धर्मेन्द्र यादव द्धारा सहजिकरण गरिने तालिममा बाख्रापान आवश्यक उपकरण, दानापानी ब्यवस्थापन, मौसम अनुसारको हेरचाह लगायत विभिन्न विधिका बारेमा प्रशिक्षित गराईने आयोजकले जनाएको छ ।  तालिममा भुतपूर्व सैनिक, बाहलवाल शैनिक, विरगती शैनिकका परिवारहरु गरी करिव ४० जना सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने