2026-09-14 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न नहुँदा महाकाली कोरीडोर निर्माण कार्य प्रभाबित

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । नेपाल सरकारको प्राथमिकतामा रहेको महाकाली कोरीडोर निर्माण कार्य अन्तरगत दार्चुला बैतडि र डडेल्धुरामा निमार्णकार्य प्रभाबित भएको छ । 

कञ्चनपुरमा काम गर्नकोलागी चालु आर्थीक बर्षमा ठेक्का नै भएको छैन । कञ्चनपुरको ब्रह्रमदेबदेखि दार्चुलाको खलंगा सम्मको २९१ किलोमिटर क्षेत्रमा सडकको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) हालसम्मपनि सम्पन्न नहुँदा निर्माण कार्य प्रभाबित भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउनुभयो ।

चालु आर्थीक बर्षमा काम गर्नकालागी  ठेक्का सम्झौता भएको ८८ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडकमा बन क्षेत्र परेको छ । बाकी ६२ किलोमिटर खालि क्षेत्र भएपनि सडकको बिचमा ठाउँठाउँमा बनक्षेत्र परेकाले निमार्णकार्यमा अबरुद्धता भइरहेको निमार्ण कार्यमा संलग्न ठेकेदारहरुले गुनासो गरेका छन । 

यस्तै दार्चुलादेखि तिंकर सम्मको १३५ किलोमिटर सडकखण्डमा निर्माण कार्य भईरहेको भएपनि विस्फोटक पदार्थ (जिलेटिन)को अभावमा काम गर्न समस्या भएको छ । 

अहिले बैतडि जिल्लामा ४ मेसीन र दार्चुलाको श्रीबगड क्षेत्रमा १ मेसिनले काम गरीरहेको छ । भने सलसिनादेखी सर्मोलीसम्म १० किलोमिटर सर्बेकार्य अन्तीम चरणमा भएकाले उक्त सडक खन्नकोलागी सलसिनामा एउटा स्काभेटर मेसीन राखीएको दार्चुला तिकंर सडकका इन्जीनियर दिनेश रैखोलाले बताउँनुभयो ।

कञ्चनपुरको बह्रमदेवदेखि डडेल्धुरासम्म सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन् । भने डडेल्धुरामा काम नै हुनसकेको छैन । वातावरणीय प्रभाव मूल्यांकन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । 

ठेक्का भएर काम सुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगलपरेपछि सडक निर्माण कार्यमा अबरोध शृजना भएको हो । ठेकेदारहरुले बैकल्पीक मार्गको खोजी गरेर मेसिनहरु बनक्षेत्र कटाएर काम गर्नुपर्ने बाध्यता आएको गुनासो गरेका छन । 

यता बैतडीको त्रिपुरासुन्दरीदेखि १० किलोमिटर ट्रयाक खोलिएको भएपनि यसपछि जंगल क्षेत्र पर्ने भएकाले निर्माण कार्य रोक्नुपर्ने समस्या देखीएको दार्चुला तिकंर सडक योजनाले जनाएको छ  । 

महाकाली कोरीडोरको वातावरणीय प्रभाव मूल्यांकन नभएकाले बन क्षेत्रमा निर्माण कार्य रोकिएको योजनाका प्रमुख शाहले बताउनुभयो । राजमार्गको वातावरणीय प्रभाव मूल्यांकन नगरेर काम गर्न नमिल्ने भएकाले काम बन क्षेत्रमा काम रोकीएको हो । 

चालु आथीक बर्षमा काम गर्ने भनेर दार्चुला जिल्लामा ३४ किलोमिटर, बैतडिमा ३९ किलोमिटर र डडेल्धुरामा १७ किलोमिटरमा ठेक्का सम्झौता भएको छ ।

महाकाली कोरीडोरको वातावरणीय प्रभाब मूल्यांकनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय प्रस्तुति हुन बाकी भएकाले सुझाब सहित अन्तीम रिपोर्ट आउँन अझै दुइ महिना लाग्नसक्ने योजना प्रमुख शाहको भनाई छ । महाकाली नदीको किनारैकिनार कञ्चनपुरदेखि निर्माण कार्य सुरु भएको महाकाली कोरीडोरको निर्माण कार्य इआएको अभावमा रोकिएको हो । 

यता दार्चुलाको दार्चुला सदरमुकामदेखि उत्तरी चीन सम्मको नाका जोड्ने दार्चुला तिकंर सडक निर्माण कार्य सुरु भएको ८ बर्षमा २२ किलोमिटरसम्म मात्रै जिप गुड्ने भएको छ । बिचमा परेको बिजयपुर भिर छोडेर अगाडी ४८ किलोमिटर सम्म ट्रयाक खुलाइएको छ ।

 बिजयपुर भिरमा ६० मिटरजति कडा चट्टनी भागमा ट्रयाक खुलाउँन सके सुनसेरासम्म पुरै सडकको ट्र्याक खुल्ने छ । समग्रमा महाकाली करीडोरको वातावरणिय मुल्याङकन हुन नसक्दा काममा सुस्तता आएको योजना प्रमुख शाहले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ