2026-09-08 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि ललितपुरको पोल्टामा

पुस २८, हेटौंडा । धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागि मकवानपुरमा आयोजित क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि तलितपुरले हात पारेको छ ।

राखेप च्याम्पीयनसिप–०७४ अन्तरगत नेपाल तेक्वान्दो संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र ६ रजत पदक सहित ललितपुरले उपाधि हात पारेको हो ।

प्रतियोगितामा काठमाण्डौं द्धितिय भएको छ । काठमाण्डौंले ४ स्वर्ण, ४ कास्य र २ रजत पदक हात पा¥यो । प्रतियोगितामा ४ स्वर्ण, १ कास्य र २ रजत पदक हात पारेको बारा तृतिय भएको छ । 

प्रतियोगितामा ललितपुरका जिवन लामा र चितवनका प्रेरणा भूजेल उत्कृष्ठ फाइटर घोषित भए । स्पर्धा अन्तरगत पुरुष ५४ केजी तौल समुहमा काठमाण्डौंका शहदेब भुजेल प्रथम र बाराका दिनेश तामाङ द्धितिय भए । 

५८ केजीमा बाराका सुरेन्द्र कुँबर प्रथम, ललितपुरका जिवन लामा द्धितिय, ६३ तौलमा काभ्रेका बिबेक बस्नेत प्रथम, चितवनका सुमित महत्तो द्धितिय, ६८ तौलमा ललितपुरका साजन महर्जन प्रथम, काठमाण्डौंका सुजन तामाङ द्धितिय र ७४ तौलमा ललितपुरका दिनेश सुनार प्रथम र चितवनका शौरब सिंह द्धितिय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने मात्र राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउँने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत भएको महिला ४६ केजी तौल समुहमा मकवानपुरकी बिनिता खातिबडा प्रथम, धादिङकी रोशनी श्रेष्ट द्धितिय भइन् । 

४९ केजीमा बाराकी बन्दना कुँवर प्रथम, काठमाण्डौंकी रश्मी तामाङ द्धितिय, ५३ तौलमा भक्तपुरकी शुस्मीता लामा प्रथम, प्रेरणा भुषाल द्धितिय, ५७ केजीमा बाराकी उमा थापा मगर प्रथम, भक्तपुरकी रुकु खैजु द्धितिय र ७० केजीमा बाराकी अस्मिता रिजाल प्रथम भइन् । 

प्रतियोगिताको हेटौंडा उपमहानगर पालिकाका प्रमुख मेयर हरीबहादुर महतले तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक ध्रुर्व गुरुङलाई चेष्ट कभर र हेर्ड गार्ड हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । 

प्रतियोगितामा बिजयी खेलाडिलाई संघका क्षेत्रीय अध्यक्ष मदनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक नारायणसिं थिङले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको सहआयोजक ७ नम्बर खेलकुद बिकास समिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग