२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते हुने

२०७४, २९ पुष शनिबार ११:२३

पुस २९, पोखरा । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ । 

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चद्वारा आज आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । 

त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ । उक्त प्रतियोगितामा प्रथम रु १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् । 

यसरी नै ४०० मिटर ह्विल चियर पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार दिइनेछ । यो पटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार र दुई हजार पाउनेछन् । 

प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख ३९ हजार खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका लागि नेपाल एडभेन्चर स्पोट्र्स प्रालि र स्थानीयस्तरमा ट्रेनर नेपालले पनि सहयोग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने