2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनका लागि आगामी दिन सहज छैन: प्रचण्ड

January 13, 2018

पुस २९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।” 

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइभन्दा बढी जनमत वामगठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मेहनतको परिणाम भएको बताउनुभयो । 

देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पार्नुभयो । 

उहाँले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै उहाँले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताउनुभयो । 

संविधान कार्यान्वयन गर्ने र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको शुरुवात् भएको धारणा राख्नुभयो । 

“संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुकका रुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उहाँको कथन थियो । 

कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक डा सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताउनुभयो । उहाँले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा कला, संस्कृति र पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो । 

आयोजक संस्थाका अध्यक्ष बाबा बस्नेतले समाजमा राम्रा काम गर्नेको सम्मान गर्ने संस्कारको विकासका लागि आफ्नो संस्थाले गत वर्षदेखि सम्मान गर्ने प्रचलन शुरु गरेको जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते