2026-10-21 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

माघ ३, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । 

माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो । 

यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो । “आज राति १० बजेदेखि बन्द गरेर भित्तो काट्ने काम शुरु हुने भएकाले सो समय नपर्नेे गरी समय मिलाएर हिँड्न सवारी चालकलाई आग्रह गर्दछु”, यादवले भन्नुभयो, “मिलेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गर्छु ।” 

यसअघि यही पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । आयोजनाले रातिमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता भएको बताएको छ । 

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्काे निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने बताउनुभयो । 

गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ