2026-10-21 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा नेताको चुनावी खर्च सार्वजनिक, कसले कति खर्च गरे ? (विवरणसहित)

माघ ३, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ । 

उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने रु नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिनुभयो । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् । 

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउने नियम छ । चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले रु १३ लाख ५७ हजार ६७३ खर्च भएको भन्दै विवरण पेश गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च रु १६ लाख २९ हजार १७० छ । 

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च रु १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांँग्रेसका नेता शेषनाथ अधिकारीले रु १३ लाख ९३ हजारको विवरण बुझाउनुभएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ