२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’: ममता

२०७४, ४ माघ बिहीबार ११:५३

गीता कुँवर/ माघ ४, अछाम | ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । 

साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने भनेर छाउगोठ भत्काइए पनि छाउ भएका बेलाको बसाइ झन असुरक्षित बन्दै गएको छ । गाउँमा पानीको समस्या भएकाले दैनिक सरसफाइमा पनि समस्या हुने गरेको छ भन्नुहुन्छ उहाँ । 

ममता कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई छाउ भएका बेला रातभरिको असुरक्षित र अप्ठेरो सुताईले गाह्रो भएका बेला नुहाएर विद्यालय जान ढिलो हुन्छ । उहाँ भन्नुहुन्छ ,“विद्यालय पुग्न करिब एक घण्टाको बाटो हिँड्नुपर्छ, कहिले ढिलो भएको दिन विद्यालय जाँदिन । महिनामा तीन चार दिन त पढाइ नै छुट्ने गर्छ । ” 

गाउँमा ममताजस्ता थुप्रै विधालय जाने किशोरीको पनि समस्या उस्तै छ । कक्षा ९ मै पढ्ने यज्ञ विकको घर नजिकै नयाँ छाउगोठ बनाइएको छ । घरको अगाडि भएकाले पटक पटक देखिने त्यो छाउगोठले उहाँलाई बेलाबेलामा झस्काउँछ । हावा लागे पनि ढल्ला जस्तै सानो झ्याल, ढोका नभएकाले छाउ हुँदा ढोकामा थाङ्नोको पर्दा हालेर सुत्नुपर्छ । “छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ ।” ममता भन्नहुन्छ, “के गर्नु प्रत्येक महिनाको चार पाँच दिन त्यो कालसँग बाँच्नका लागि संघर्ष गर्नुपर्छ । घरपरिबारसँग छाउ भएका बेला गोठमा सुत्दिनँ भनेर सधैँ झगडा हुने गर्छ तर जति भने पनि कसैले सुन्ने हैनन् ।” 

कक्षा ७ मा पढ्दै गरेकी राजकलाको पनि पीडा पनि कम छैन । उहाँ आफ्नो पिडा पोख्नुहुन्छ, “रातभरिको जाडो, अनी डरैडरले सुत्नुपर्छ विद्यालय गए पनि पढाइतिर ध्यान हुँदैन । विद्यालय जाने उमेरका किशोरीले छाउ भएका बेला विभिन्न मानसिक तनाव खेप्नुपरेको छ ।” 

“छाउपडी गोठ भत्काउँदैमा समस्याको समाधान हुँदैन, सिधै घरमा गएर बस्ने अवस्था पनि छैन त्यसैले गोठ भत्काएपछिको विकल्प पनि खोजिनुपर्छ ” पत्रकार कल्पना बोहरा भन्नुहुन्छ, गोठ भत्काउनुभन्दा गोठलाई घर बनाउने अभियान सञ्चालन गर्नुपर्छ । अन्तरपार्टी महिला सञ्जालकी साँफेबगर नगर सचिव परिवर्तन विस्तारै हुने सुझाव दिनुहुन्छ । छाउ भएका बेला घरमा बस्दा अनिष्ट हुनेजस्ता अन्धविश्वासले जरो गाडेका कारणले यो कुप्रथाको अन्त्य गर्न समय लाग्नेमा जोड दिंदै उहाँ भन्नुहुन्छ “पहिलेको तुलनामा अहिले केही परिवर्तन भएको छ । पहिले सात दिनसम्म गोठमा बस्नुपर्थ्यो भने अहिले चार दिनसम्म गोठमा बस्नुपर्छ । परिवार ठूलो, साघुँरो घरको बनावटले गर्दा पनि छाउ भएका बेला घरभित्रै बस्ने अवस्था छैन तर घरभन्दा बाहिरको बसाइ कम्तीमा सुरक्षित हुनुपर्छ । 

यहाँका सबैजसो विद्यालय वरिपरि देवीदेवताका मन्दिर भएकाले पनि डरले कतिपय किशोरी र महिला शिक्षकसमेत विद्यालय नै नजाने गरेको पाइएको छ । गाउँमा विभिन्न संघसंस्थाले सुरक्षित तरिकाले घरमै बस्नुपर्छ भन्दै धमाधम छाउपडी गोठ भत्काए तर अझै पनि महिला तथा किशोरीको ज्यान जाने क्रम रोकिएको छैन । छाउपडी गोठमुक्त गाविस घोषणा भएका गाविसमा समेत अहिले आएर धमाधम छाउगोठ बन्न थालेका छन् । 

जिल्लामा हालसम्म १२ किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट–४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएपछि गोठ भत्काउने अभियान शुरु गरिएको थियो । त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हात्तीकोटलगायत गाविसमा महिलाले छाउगोठमै ज्यान गुमाएको तथ्यांक छ । 

अभियानअन्तर्गत हालसम्म अछाममा साविकका ३१ गाविस छाउपडी गोठमुक्त भइसकेका छन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय, सेभ द चिल्डेन, सम विकास नेपाल, सेवक नेपाल, वल्ड भिजनलगायतका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी कुप्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कुप्रथा अन्त्यका लागि काम गरे पनि प्रत्येक वर्ष जिल्लामा छाउगोठमा महिलाको ज्यान जाने क्रम भने नरोकिएकाले प्रतिफल शून्य जस्तै देखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा