२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा प्रदेशकै ठूलो अस्पतालनिर्माण

२०७४, ४ माघ बिहीबार १६:३५

माघ ४, जुम्ला । जुम्लामा प्रदेश नम्बर ६ कै ठूलो अस्पताल बनेको छ । 

तीनसय शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । यही माघ १५ गते अस्पताल उद्घाटन गरी गरी उपचार सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश नम्बर ६ कै आधुनिक, पहिलो र ठूलो अस्पताल हो । तीन वर्षमा सो अस्पताल भवन बनाइसक्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको र तोकिएको मितिभित्रै सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार काफ्लेले बताए ।हाल प्रतिष्ठानले सय शैयाको अस्पताल, १७ जना विशेषज्ञ चिकित्सकसहित १ सय ५० जनशक्तिले सेवा दिंदै आएका छन् । 

रजिष्ट्रार काफ्लेका अनुसार गतवर्ष २९ हजार ९ सय ३४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए भने जसमा २ हजार ४ सय ९१ जनाको ठूलो शल्यक्रिया भएको थियो ।

स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ स्थापना गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यमा अनुसन्धान गरिरहेकोे छ । प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा प्रभावकारी सञ्चालन गरिरहेको अवस्थामा स्वास्थ्यमा अनुसन्धान गरेकोे हो । 

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान अघि बढाएको जानकारी दिए ।उपकुलपति वाग्लेले भने, ‘साविकको कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोट जिल्लामा अनुसन्धान सम्पन्न भइसक्यो, अब प्रतिष्ठानको  कार्यक्षेत्र अन्तर्गत तत्कालिन पिछडिएका ९ जिल्लामा स्वास्थ्य सर्वेक्षण गछौँ ।’ 

प्रतिष्ठानले सबै जिल्लाका स्वास्थ्य अवस्थाको तथ्यांक लिएर त्यसअनुसार उपचार सेवा प्रदान गर्न अनुसन्धान अगाडि बढाउने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने