2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

माघ ५, धनगढी | धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ । 

युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् । 

बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 

सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको छ लेन सडक निर्माण कार्य रोकिएको थियो । 

सडक ऐन, २०३१ले सडकको चौडाइ (सीमा) ८२ फिट तोके पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले समस्या सिर्जना भएको जनाइएको छ । 

विवादका बीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ घरधनीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेश पछि सो क्षेत्रको सडक निर्माणको काम केही दिनदेखि रोकिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ