2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साझा सवाल’ बिद्या चापागाईले छाडेपछि… नयाँ प्रस्तोताको रुपमा स्वेता आइन् (हेर्नुहोस् भिडियो)

माघ ७, काठमाडौँ | लोकप्रिय टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ को ५२८ औं अंकमा आइतबार नयाँ प्रस्तोताको रुपमा पत्रकार स्वेता सिन्हा देखा परेकी छन् | बिगत लामो समयदेखि राष्ट्रिय टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गर्दै आएकी स्वेताले साझा सवालमा सप्तरीका शीतलहर प्रभावितको सकस बिषयमा प्रभावितहरुसँगको बहसलाई स्थान दिएकी छन् | 

स्वेतासँग यस अघि एभिन्युज टेलिभिजन तथा कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गरिसकेको अनुभव छ |  

यस अघि साझा सवालको ५२७ औं अंक प्रतिभा तुलाधरले संचालन गरेकी थिईन् | लगत्तै ५२८ औं अंकमा भने स्वेता सिन्हाले कार्यक्रम संचालन गरेकी छन् | बिद्या चापागाईले साझा सवाल छाडेपछी लगातार प्रस्तोता फेरिएपछी केहि दर्शकहरुले ‘साझा सवालमा प्रस्तोताको छनोट जारी छ कि के हो ?’ भन्दै टिप्पणी गरेका छन् | तर साझा सवालको फेसबुक पेज अनुसार जनवरी महिनाभरी फरक-फरक महिला प्रस्तोताहरुले कार्यक्रम संचालन गर्नेछन | फेसबुकमा भनिएको छ – ‘एक दशकदेखि दर्शक/स्रोताले साझा सवाललाई देखाउनुभएको माया र विश्वासका लागि धेरै धेरै धन्यवाद । यहाँहरु समक्ष जनवरी महिनाभर साझा सवाल लिएर फरक-फरक महिला प्रस्तोता आउनुहुनेछ ।’

साझा सवाल भाग ५२८ मा उनै नयाँ प्रस्तोता स्वेता सिन्हाको संचालनमा साझा सवाल तल भिडियोमा हेर्न सक्नुहुनेछ । वर्षायाममा बाढी, सर्पदंश, लामखुट्टेको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा शीतलहर र सुख्खायाममा आगलागीले सताउने गरेको छ। यस्ता प्रकोपमा विपन्नहरु बढि प्रभावित हुन्छन्। सप्तरीका बाढी र शीतलहर प्रभावितहरूसँग गरिएको बहस ।  

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई