2026-07-24 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्दै राजस्व न्यायाधीकरण

माघ ९, काठमाडौं । करसम्बन्धी मुद्दा हेर्ने अदालत राजस्व न्यायाधीकरणले चालू आवको अन्त्यसम्म दुई वर्ष नाघेका मुद्दालाई फछ्र्योट गर्ने योजनासहित आन्तरिक क्रियाकलाप अगाडि बढाएको छ । 

कर निर्धारणका विषयमा असुली गर्ने (सरकार) र तिर्ने (करदाता) बीच विवाद भएपछि न्यायका लागि राजस्व न्यायाधीकरणमा मुद्दा पुग्नेगर्छ । 

न्यायाधीकरणको योजनाअनुसार चालू आवको अन्त्यसम्ममा १६८ भन्दा बढी मुद्दा फछ्र्योट गर्नुपर्छ । राजस्व न्यायाधीकरण कार्यालयका अध्यक्ष तीलप्रसाद श्रेष्ठले चालू आवको अन्त्यसम्ममा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । 

कार्यालयमा एक वर्षदेखि दुई वर्षभित्रका मुद्दाको लगत आयकरमा १२२, मूल्यअभिवृद्धिमा ५१, भन्सारमा २५१ र अन्य आठ गरी जम्मा ४३२ छन् । त्यसैगरी यस वर्ष आयकरमा ५२, मुअकरमा २२, भन्सारमा २६ र निवेदन प्रतिवेदन १४ गरी जम्मा ११४ नयाँ मुद्दा दायर भएका छन् । 

चालू आवको पुस मसान्तसम्म आइपुग्दा विगत वर्षदेखि जिम्मेवारी सरीआएको र चालू आवको नयाँ मुद्दासमेत गरी कूल ५४६ मुद्दा कार्यालयमा छन् । यीमध्ये सबैभन्दा बढी एक वर्षभित्रका मुद्दा बढी छन् । 

चालू आवको यस अवधिमा मात्र आयकरको ३३, मुअकरको ११, भन्सारको १६ र अन्य छ गरी जम्मा ६६ मुद्दा फैसला भएको छ । यसमा छवटा निवेदन प्रतिवेदनको अन्तिम किनारा लगाइएको छ । 

हालसम्म आयकरमा १४१, मूल्यअभिवृद्धि करमा ६३, भन्सारमा २५८ र अन्य ४ गरी जम्मा ४६६ छन् र आठवटा निवेदन प्रतिवेदन फैसला हुन बाँकी छ । योमध्ये एक वर्षभित्रका ३६३ मुद्दा छन् भने एक वर्षदेखि १८ महिनाभित्रका १०१ मुद्दा फैसला हुन बाँकी छ । 

पुस समान्तसम्म आइपुग्दा दुई वर्ष नाघेका तीन मुद्दाको फैसला हुन बाँकी छ । आवको अन्यसम्ममा त्यस्ता मुद्दाको संख्या १६८ पुग्नेछ । करसम्बन्धी विवाद हजारौँ हुने गरेको भएपनि ती विवाद आन्तरिक राजस्व विभागमा नै रोकिने र ठूला करका विवाद कार्यालयमा टुंगिने गरेकाले न्यायालयसम्म आई पुग्दैनन् । त्यसले गर्दा पनि वर्षौं पुराना मुद्दा यस न्यायालयमा रहँदैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन