Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अब मान्छे १ सय ४० बर्षसम्म बाँच्ने ! यस्तो छ कारण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एक अनुसन्धानले अब आउने दशकहरुमा मानिसको आयू १ सय ४० वर्षसम्म पुग्ने कुरा पत्ता लगाएको छ । चिकित्सा क्षेत्रमा भइरहेको लगातारको बदलावाका कारण यस्तो सम्भव भएको शोधकर्ताहरुले बताएका छन् ।

केही समयअघि विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिनका लागि केही विशेषज्ञहरुलाई आमन्त्रित गरिएको थियो । बैठकका क्रममा विशेषज्ञहरुले बताएका छन् की प्रविधिको उभार आइरहेको यस परिदृश्यमा अस्पतालको भूमिका केवल इमर्जेन्सी कक्षसम्म मात्र रहनेछ ।

माइक्रोसफ्टका सिइओ सत्या नादेलाले डिजिटल प्रविधिमा आधारित चौथो औद्योगिक क्रान्तिले चिकित्सा क्षेत्रको स्वरुपलाई नै बदलिदिनेछ । कृत्रिम ज्ञानको प्राविधिक तथा डाटाले युक्त चिकित्सा वैज्ञानिकहरु रोगको तत्काल सर्वोत्तम निदानको खोजी गर्न ठूला-ठूला दिग्गजहरुलाई पछि छाड्नेछन् ।

अस्पतालको प्रबन्ध पनि डिजिटल प्रविधिमा आधारित हुनेछ । जसको माध्यमबाट मेडिकल रेकर्ड तुरुन्तै अस्पताललाई प्राप्त हुनेछ ।

विशेषज्ञहरुका अनुसार केही दशकभित्रै मानिसहरु १ सय ४० वर्षसम्म बाँच्नेछन् । अस्पताल चाहीँ आकस्मिक चिकित्सा कक्षको रुपमा सिमित हुनेछ । किनकी मानिसहरुले आफ्नो सामान्य रोगहरुको समाधान आफैले गर्न सक्नेछन् ।

नोकिया कर्पोरेसनका सिइओ राजीव सूरीका अनुसार वास्तवमा पूराना रोगहरु नै विश्वमा मृत्युको प्रमुख कारणको रुपमा रहेको र यी विद्यमान रोगबाट हुने मृत्यु कुल मृत्युको ६० प्रतिशत भन्दा धेरै रहेको छ । यी मध्ये धेरै रोगको रोकथाम गर्न सकिन्छ तथा शिघ्र निदानमार्फत यी रोगमा नियन्त्रणको सम्भावना धेरै हुन्छ । – एजेन्सीको सहयोगमा