2026-10-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

काँग्रेस प्रतिपक्षमा बस्छ: नेता खाँण

चितवन, १२ माघ | नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन ।” 

उहाँले थप्नुभयो, “पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं ।” उहाँले काँग्रेसको सिटको संख्या घटेकाले सरकार निर्माणका लागि जनादेश नभएको पनि बताउनुभयो । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरेर निर्वाचनमा गएको भन्दै उहाँले उहाँहरुकै बहुमत भएकाले कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय उहाँहरुकै विषय भएको पनि बताउनुभयो । 

आउँदो निर्वाचनसम्ममा काँग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उहाँले त्यसैका लागि काँग्रेस गृहकार्यमा लाग्ने बताउनुभयो । पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उहाँले बताउनुभयो । 

अर्काे एक प्रश्नमा उहाँले नेतृत्व परिवर्तनले पार्टीमा किचलो बढ्न सक्ने भन्दै पार्टीको ढाँचा परिवर्तन गरी प्रादेशिक संगठन बनाउनु पर्ने बताउनुभयो । 

सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ