२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा टेलिकमद्वारा २२ लाख बक्यौता असुल

२०७४, १२ माघ शुक्रबार ०८:४५

माघ १२, बागलुङ | नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ । 

धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो । 

“पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,” उहाँले भन्नुभयो– “ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता बुझाएका छन् ।” 

टेलिकम कार्यालयले २०७२ साल असार मसान्तसम्मको बक्यौतामा जरिवाना छुट दिएपछि तिर्नेको संख्या बढेको छ । कार्यालयले यस वर्षलाई पुरानो बक्यौता उठाउने वर्षको रुपमा लिएको छ । छुटको घोषणा नहुँदै बागलुङ कार्यालयले बक्यौता रकम उठाउन अभियान थालेको थियो । धवलागिरि क्षेत्रमा २०५८ सालदेखि ग्राहकले बक्यौता तिर्न बाँकी रहेको कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । 

रकम नतिर्नेमा ठूला व्यवसायी, दलका नेता र प्रतिष्ठित् व्यक्ति समेत छन् । कार्यालयले पत्राचार गर्नेदेखि सार्वजनिक सूचना जारी गरेर ग्राहकलाई बक्यौता रकम तिर्न आग्रह गर्दैआएको छ । “वर्षौं अघिदेखिका ग्राहक पत्ता लगाएर ताकेता गरिरहेका छौंँ,” उहाँ भन्नुभयो । कतिपय सरकारी कार्यालय, संस्थान र परियोजनाले बक्यौता रकम तिर्न बाँकी छ । 

एउटाको नाममा रहेको टेलिफोनको प्रयोगकर्ता अर्कै रहेका कारण बक्यौता उठाउन समस्या हुने गरेको कार्यालयले जनाएको छ । माघ मसान्तसम्म जरिवाना छुटको व्यवस्था गरेकोले बक्यौता तिर्नेको संख्या बढ्ने देखिएको छ । नेपाल टेलिकमले ल्याण्ड लाइन फोनमा ‘क्रेडिट लिमिट’ प्रणाली अपनाएकाले अबदेखि ग्राहकको नाममा बक्यौता रकम नरहने कार्यालय प्रमुख शर्माले बताउनुभयो । (रासस) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी